2024-03-28

Close

विपिनकुमारयादव/जनकपुरधाम : जनकपुरधाम उपमहानगर २० रुपैठामा शनिवार दुई पक्षबीच झडप भएको छ ।

एक युवकले ‘दाहा’को फोटो सामाजिक संजालमा शेयर गरेको विषयमा विवाद चर्किदा झडप भएको हो । दुबै पक्षका व्यक्तिले एक अर्कातीर ढुङ्गामुढा गरेका छन् । ढुङ्गाले दर्जनौं ब्यक्तिलाई चोटपटक लागेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले स्थिति नियन्त्रणमा लिन प्रहरीले ७ राउण्ड अश्रु ग्यांस  प्रहार गरेका छन् । अहिले अबस्था सामान्य ‌रहेको र विवाद मिलाउन दुबै पक्षबीच छलफल भइरहेको उनले जानकारी दिए ।

उनका अनुसार एक व्यक्तिले मोहरम पर्व मनाउन मुस्लिम समुदायले बनाएको ‘दाहा’को तस्विर सामाजिक संजालमा अपशब्द प्रयोग गरी शेयर गरेकाले विवाद हुंदै आएको थियो । आज विवाद चर्किदा झडप भएको छ ।

अहिले घटनास्थलमा ठुलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds