2020-11-01

Close

विपिन कुमार यादव/ जनकपुरधाम : धनुषाको कमला नगरपालिका ७ हथमुन्डास्थित प्रगतिशिल माध्यमिक विद्यालय परिवारमा आज युवाहरुले बृक्षारोपन गरेका छन् ।

जनता समाजवादी पार्टीका युवाहरुले पर्यावरण संरक्षणका लागि विद्यालय परिसरमा बृक्षारोपन गरेका हुन् । कमला नगरपालिकाको नगर युवा अध्यक्ष रामकुमार साहको अगुवाइमा बृक्षारोपन गरिएको छ ।

बृक्षारोपन समारोहमा जसपाका कमला नगर अध्यक्ष मनिकलाल मण्डल, पार्टीका केन्द्रिय सदस्य अरुण सिंह मण्डल, युवाको प्रदेश उपाध्यक्ष उमेश निराला, जिल्ला अध्यक्ष दिपेन्द्र कापर, सक्रिय युवा इसराफिल अन्सारी, विद्यार्थी संगठनका जिल्ला सचिव बलिराम कापर, युवाहरु रितिक महतो, रामबाबु महतो, अमरेन्द्र यादब लगायतका सहभागिता रहेको थियो ।

यस्तै विद्यालयका प्रधानाध्यापक राजिन्द्र यादबलाई गम्छा ओढाएर सम्मान समेत गरिएको छ । सम्मानित भएपछि प्रधानाध्यापक यादब भावुक बनेका थिए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

टिमहरु

चाडै आउदै छ

सम्पर्क

चाडै आउदै छ

Copyright © 2018-2020 अपन जनकपुर