2020-10-29

Close

विपिन कुमार यादव, जनकपुरधाम : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का भातृ संगठन अनेरास्ववियु धनुषाको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

कोरोना कालमा रगतका जताततै अभाव भइरहेका कारण रक्तदान कार्यक्रम गरिएको अनेरास्ववियुले जनाएको छ । अनेरास्ववियुको केन्द्रिय सदस्य राजकिशोर रोहिताको प्रमुख आतिथ्य र धनुषा संयोजक आरपी अधिकारीको संयोजकत्वमा रक्तदान कार्यक्रम गरिएको हो ।

जनकपुरस्थित नेकपाको पार्टी कार्यालयमा आयोजित कार्यक्रममा ४७ जना युवा विद्यार्थीहरुले रक्तदान गरेका छन् । रगतको अभाव हुन नदिन रक्तदान कार्यक्रमलाई निरन्तरता दिने अनेरास्ववियुका केन्द्रिय सदस्य रोहिताले जानकारी दिए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

टिमहरु

चाडै आउदै छ

सम्पर्क

चाडै आउदै छ

Copyright © 2018-2020 अपन जनकपुर