2021-10-17

Close

अप्पन डेस्क,जनकपुरधाम, २८ असोज । ब्राह्ण समाज नेपालका अध्यक्ष कौशेलेन्द्र मिश्र  समुदायका आर्शिवाद लिन घरघरमा पुग्न थालेका छन् । ब्राह्मण समुदायलाई धर्मकर्ममा लाग्ने उद्देश्यले अध्यक्ष मिश्र ब्राम्हण टोलमा गएर मास्क वितरण गर्दै बुजुर्गसँग आशिर्वाद लिन थालेका छन् ।
उनले नयाँ पिढीका युवाहरु ब्राह्मणको धर्म अनुसारको कर्म गर्न आग्रह गरेको छन । उनले भने ‘बुजुर्गसँगको आशिर्वादबाट नयाँ पिढीमा धर्मकर्म सम्बन्धी छलफल गर्ने उद्देश्यले टोलटोलमा जान गरेका छौं ।’

समाजका अध्यक्ष मिश्र, शम्भुनाथ झा, अमरेश झा लगायतका टोलीले धनुषाको नगराइन नगरपालिकाको जटही, देवडिहा, गंगुली लगायतमा मास्क समेत बाँडेका छन् । उनले कोरोना जस्ता महामारी रोगबाट बच्न र बचाउनमा मास्क उपयोगी हुने बताएका छन् ।

त्यसैगरी जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ मा समाजकै पहलमा १२ जना ब्राम्हण महिलाहरुलाई सिलाई कढाई तालिम समेत दिने गरेको कौशलेन्द्र मिश्रले जानकारी गराएको छ ।

सम्बन्धित

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
सूचना बिभाग दर्ता : २८४८
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९

टिमहरु

संचालक :- विपिन कुमार यादव
सम्पादक :- वि.पि.यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- राज कमल सिंह

सम्पर्क

अप्पन जनकपुरधाम
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुरधाम संस्था द्वारा संचालित हुनेछ

Copyright © 2018-2021 अपन जनकपुर