सिराहा बाल संगठन सभापति द्वारा बच्चा सहित आमाको उद्धार

अप्पन डेस्क,सिरहा, कार्तिक ७ गते । सडकमा अलपत्र रहेकी सिरहाको सुखिपुर नगरपालिका ४ मोहनपुरकी २३ वर्षिया मिना यादव र तीन वर्षका बच्चा सहित आमालाई सुरक्षित बस्नको व्यवस्था सहित आश्रम पुर्याइएको छ ।

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री लीलानाथ श्रेष्ठको पहलमा जिल्ला बाल संगठन सिरहाका सभापति सभापति दिनेश कुमार यादवले अलपत्र परेका बच्चा सहित आमालाई उपचार गर्न र बस्न विरगंज स्थित मानव सेवा आश्रम पुर्याएको छ ।

बिज्ञापन

सकडमा अलपत्र रहेकी सिरहाको सुखिपुर नगरपालिका ४ मोहनपुरकी २३ वर्षिया मिना यादव र तीन वर्षकी लक्ष्मी यादवलाई उपचार सहितको सुविधालागि आश्रम पठाएको बाल संगठन सभापति यादवले बताए ।

मिना मानसिक रोगी भएकोले आश्रममा उपचार गरिने र बच्चा सुरक्षित रुपमा आवश्यक पौष्टिक खानेकुराको व्यवस्थापन गरिएको यादवले बताए ।