प्रमुख समाचार
विपिन कुमार यादव, जनकपुरधाम : धनुषाको औरही गाउँपालिका वडा नं.६ स्थित नभका टोल चक्कर पोखरभिण्डा टोलमा संघीय साँसद उमाशंकर अरगरियाले सामुदायिक भवनको निर्माण गरेका छन् ।
क्षेत्र नम्बर २ बाट निर्वाचन जसपा साँसद अरगरियाले सोमवार भवनको उद्घाटन गरेका हुन् । उक्त भवन स्थानीय पुर्वाधार बिकास साझेदारी कार्यक्रम अन्तर्गत साँसद अरगरियाको संसदीय कोषको ११ लाखको लागतमा निर्माण गरिएको छ ।
सामुदायिक भवनको उद्घाटन समारोहमा जसपाका केन्द्रीय सदस्य संजय कुमार चौधरी, जसपा औरही गाउपालिका नगर अध्यक्ष कमल देव मण्डल, हसपुर नगरपालिका मेयर राम ज्ञान मण्डल,किरण मण्डल,सरोज कुमार मण्डल,लाल बहादुर यादव,प्रमोद कुमार अधिकारी,शंकर साह लगायतको उपस्थिति रहेको थियो ।
This will close in 20 seconds