2024-03-29

Close

अप्पन डेस्क,जनकपुरधाम : जिल्ला प्रशासन कार्यालय धनुषाले खोला, नदी तथा पोखरीहरु भित्र नपसी छठ पर्व मनाउन आग्रह गरेको छ । प्रशासनले दीपावली तथा छठ पर्वमा देउसी भैलो तथा जुवातास खेल्नमा समेत रोक लगाएको छ ।

कोरोना संक्रमणको विद्यमान अवस्थालाई मध्यनजर गर्दै आज जिल्ला संकट व्यवस्थापन समिति र जिल्ला सुरक्षा समितिको बैठकबाट दीपावली र छठ पर्वमा देउसी भैलो तथा जुवातास नखेल्न, खोला नदी तथा पोखरीहरु भित्र नपसी, भिडभाड नगरी स्वास्थ्य सुरक्षाका मापदण्ड पालना तथा भौतिक दूरी कायम गरी छ्ठ पर्व मनाउन जिल्लावासीसँग आग्रह गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।

प्रशासनले उक्त निर्णय विपरीत कुनै पनि कार्य नगर्न जिल्लावासीसँग आग्रह समेत गरेको हो । प्रशासनको निर्देशन विपरीत कसैले यस्तो कार्य गरेमा संक्रामक रोग ऐन, २०२० बमोजिम कारवाही गरिने प्रजिअ भट्टराईले बताए ।

 

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds