2024-04-27

Close

काठमाडौं । सोमबार देशबासीको नाममा सम्बोधन गदै गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्त गरेको एक वाक्यको अर्थ निकै गहन छ ।

उनले भनेका छन,‘सरकार गठनको एक वर्ष नपुग्दै कुनै नेताले मुलुकबाहिर गएर अस्थिरताको सन्देश छर्नुभयो भने कुनै नेताले प्रधानमन्त्री मुलुकमा नभएको मौका पारेर देश डुब्न लाग्यो भन्दै बचाउन माझी गुहार्न थाल्नु भयो ।’

प्रधानमन्त्री ओलीले कुनै नेताले मुलुक बाहिर गएर अस्थिरताको सन्देश छर्नु भयो भनेर कसलाई संकेत गरेका हुन् ? ओलीले यसो भनेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण र उनले त्यहाँ दिएको अभिव्यक्तिलाई संकेत गरेका हुन् । नेकपा एकतापछि सन् २०१८ को सेप्टेम्बरको तेस्रो साता पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणमा गएका थिए ।

सो भ्रमणको क्रममा प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायतका नेताहरुसँग भेटघाट गरेका थिए । भारत भ्रमणकै क्रममा प्रचण्डले भारतको अंग्रेजी पत्रिका दि हिन्दुस्तान टाइम्स र दि प्रिन्टलाई अन्तर्वार्ता दिएका थिए ।

सो अन्तर्वार्तामा प्रचण्डले आफू र ओलीको बीचमा पार्टी एकता हुँदा पार्टी र सरकारको नेतृत्व बरोबरी समय गर्ने सहमति भएको बताए । त्यति बेलासम्म दुई नेताको बीचमा भएको सहमति त्यति मुखरित रुपमा बाहिर आएको थिएन । हिन्दुस्तान टाइम्सले प्रचण्डलाई सोधेको थियो– तपाईं र ओलीको बीचमा भएको सहमति अनुसार दुई वर्षपछि तपाईंलाई प्रधानमन्त्रीमात्र दिने हो कि दुवै पद ? उत्तरमा प्रचण्डले भनेका थिए,‘समझदारीको भावना भनेको दुईमध्ये एक पद हो ।’ उनले दि प्रिन्टलाई पनि त्यही आशयको अन्तर्वार्ता दिएका थिए । सो अन्तर्वार्तालाई नै ओलीले अस्थीरताको सन्देश दिएको भनेका हुन् । आज मात्र होइन्, यस अगाडि पनि ओली र उनी निकट नेताहरुले पटक पटक सो अभिव्यक्ति दिएका थिए । उनीहरुको तर्क हो– दुई नेताको बीचमा भएको सहमति किन विदेशी भूमिमा गएर बोल्नु पर्‍यो । त्यसबेलादेखि नै ओलीलाई सो अन्तर्वार्ताले बिझाएको थियो । आज देशबासीलाई सम्बोधन गदै ओलीले सोही संकेत गरेका छन् । स्रोत अनलाइनखबर

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds