2024-04-23

Close

विपिन कुमार यादव जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको विरोधमा जनता समाजवादी पार्टी नेपालले धनुषाको जनकपुरमा आज प्रदर्शन गरेको छ।

जसपाले विरोधका कार्यक्रम निरन्तर जारी राखेको छ । जसपाको पुर्व निर्धारित विरोधका कार्यक्रम बमोजिम जनकपुरधाममा आज पनि विरोध प्रर्दशन गरिएको छ । विरोध प्रदर्शनमा प्रदेश २ का भौतीक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनल र प्रतिनिधीसभा सांसद प्रमोद साह लगायत दलका नेताहरू प्रदर्शनमा सहभागी छन्।

र्‍याली, नारावाजी गर्दै जसपा कार्यकर्ताहरू जनकचौक बाट सुरु गरि रामचौक,सोनारपट्टी,जानकी मन्दिर हुदै फेरि जनकचौक,शिवचौक,भानुचौक,कदमचौक हुदै जनकचौकमा कोणसभामा पुगेका छन्। शीर्ष नेताहरू प्रदेश २ का भौतीक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनाल,प्रतिनिधि सभा सदस्य प्रमोद साहले यो कोणसभालाई सम्बोधन गरेको थियोे ।

गत आइतबार प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा भंग गरेका थिए। प्रदर्शनमा प्रदेश सांसद परमेश्वर साह, जनकपुरधाम उपमहानगरपालिकाका मेयर लाल किशोर साह र उपमेयर रिता झा सहित जिल्लाका नेताहरुका साथै युवा र विद्यार्थी नेताहरुको सहभागिता रहेको थियो ।

उक्त कदम असंवैधानिक भएको भन्दै जसपाले पुस ८ गतेदेखि नै प्रदर्शन गरिराखेको छ।

तस्बिरहरू:

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds