2024-03-19

Close

अप्पन डेस्क,जनकपुरधाम १० माघ । जनकपुरधाम उप महानगरपालिका वडा नम्बर ९ आदर्श नगर निवासी प्रियंका कुमारी गर्भवती थिइन् । माघको अन्तिम साता उनको बच्चा जन्मिने तिति निर्धारण गरिएको थियो ।

उनको परिवार प्रसुतीका निम्ति तयारीमा जुटेका थिए । तर एक महिना अगाडि नै प्रियंकालाई दुखाई शुरु भयो । दुखाई सँगसँगै सालनाल पनि निस्केर रक्तश्राव हुन थालेपछि गत पुस २६ गते उनलाई काव्य अस्पताल ल्याइयो ।


अस्पताल ल्याइएपछि तत्कालै शल्यकृया गरी शिशु निकालियो । निकालिएका शिशु (छोरा) को स्वास्थ्य अवस्था भने खतरापूणर् थियो । साँस लिनै नसक्ने अवस्थामा रहेका बालक बाँच्छ कि बाँच्दैन भन्ने अवस्था देखियो ।
समय नपुगेर जन्मिएका ती बच्चालाई साँस लिन कठिनाई भइरहेका बेला उनको ज्यान चिकित्सकको सहयोगमा जोगिएको छ ।

३४ हप्तामै जन्मिएका बालकको फोक्सोको समेत विकास नभएको अवस्थामा साँस फेर्न गाह्रो थियो । ती बच्चालाइ भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने अवस्था देखिएको थियो । तर, बाल रोग विशेषज्ञ डा. लव कुमार साहले शुरुदेखि नै उपचार गरेर बच्चाको ज्यान जोगाएका छन् ।

‘महिना नपुगेर जन्मिँदा साँस लिन समस्या हुन्छ । त्यत्तिबेला फोक्सोको विकास भएको हुँदैन्’ डा. साह भन्छन्, “त्यस बेला उनलाई भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने अवस्था देखियो । तर न्यूनतम प्रयासमै बच्चा सामान्य अवस्थामा आएका छन् ।” डा. साहका अनुसार काठमाडौंबाट कृत्रिम साँस लिने सरफेक्टेन्ट मगाएर लगाएपछि न्यूनतम अक्सिजन र न्यूनतम मेसिनमै बच्चा सामान्य अवस्थामा आएका छन् ।

जन्मिएका बच्चाको तौल पनि २ किलो ३ सय ग्राम मात्रै थियो । जबकी जन्मिएको शिशुको तौल कम्तीमा अढाई किलोमाथि हुनुपर्दछ । तर, उपचार गर्दा तौल पनि सुधार भएको डा. साहले बताए ।

साहका अनुसार सामान्य अवस्थामा आइसकेको बच्चालाई शनिबार डिस्जार्च गर्ने तयारी भएको छ ।

खतरापूणर् अवस्था रहेको शिशुको ज्यान जोगाएकोमा शिशुका पिता विकास भारद्धाजले डा. साहलाई धन्यवाद दिएका छन् । ‘साँच्चिकै बच्चाको अवस्था धेरै खराब थियो’ उनले भने, “तर डा. साबले जोगाइदिनुभएछ । उहाँलाई धेरै-धेरै धन्यवाद छ ।”

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds