2021-05-09

Close

जनकपुरधाम, माघ १३:यातायात व्यवस्था कार्यालय जनकपुरमा अख्तियारले छापामारी गरेको छ । मंगलबार अपराह्न ५ बजेदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलिले जनकपुरधाम उपमहानगरपालिका १४ मुजेलियामा रहेको यातायात कार्यालयमा छापामारी गरिरहेको छ ।

साँझ साढे ७ बजेसम्म पनि टोलिले खनतलासी गरिरहेका छन् । प्रहरीसहित ५ वटा गाडीमा आएको अख्तियारको टोलिले कार्यालय भित्र विभिन्न कागजात चेक गरिरहेको जनाएको छ ।

टोलीले केही कर्मचारीलाई कार्यालय भित्रै नियन्त्रणमा लिएर खोज अनुसन्धान गरिरहेका छन् । कर्मचारीहरुले बिचौलियाको सेटिंगमा यातायात व्यवस्था कार्यालयमा व्यापक घुसखोरी, भ्रष्टाचार गरिरहेको जनगुनासो छ ।

यातायातमा सवारी चालक अनुमती पत्र किनबेच भइरहेको कार्यालय श्रोताले जनाएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

टिमहरु

चाडै आउदै छ

सम्पर्क

चाडै आउदै छ

Copyright © 2018-2021 अपन जनकपुर