2024-04-26

Close

विपिन कुमार यादव,जनकपुरधाम ,१९ चैत्र । मर्यादित व्यवसाय र प्रविधिमा सहकारी भन्ने मुलनाराका साथ ६४ औं राष्ट्रिय सहकारी दिवस भव्यतापुर्वक मनाएको छ ।

विहिबार जिल्ला सहकारी संघ लि धनुषाका अध्यक्ष हरिश्चन्द्र प्रसाद हरियोधका अध्यक्षतामा भएका कार्यक्रमको प्रमुख अतिथि भुमि व्यवस्था कृषि तथा सहकारी राज्य मंत्री योगेन्द्र राय यादव रहेको थियो ।

प्रमुख अतिथिकै आसनबाट राज्यमंत्री यादवले भने ,जुन देशमा सहकारी छ ।त्यहाँ गरिबीको अन्त छ। जहा सहकारी छैन त्यहाँ भुकमरी ,गरिबी रहेको उनले बताए ।

त्यसैगरी विशिष्ठ अतिथिमा प्रदेश २ का प्रदेश सांसद राम अशिष यादव , सांसद प्रमेश्वर साह , प्रदेश सांसद शिव चन्द्र चौधरी ,अथितिमा जिल्ला समन्वय समितिका धनुषा अध्यक्ष राम देव बनरैत ,जसपाका केन्द्रीय संजय चौधरी ,समाजसेवी अमर चन्द्र अनिल ,समाजसेवी पवन सिन्घनिया,हंसपुर नगरपालिकाका मेयर राम ज्ञान मण्डल ,सबैला नगरपालिकाका मेयर विजय शंकर साहसहितका व्यक्तिहरु रहेको थिए ।

६४ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित एक साप्ताहिक कार्यक्रमका संयोजक प्रदेश २ का भुमि व्यवस्था ,कृषि तथा सहकारी मन्त्रालयका सल्लाहकार र राष्ट्रिय सहकारी बैंकका संचालक ध्रुव नारायण यादव रहेको छ ।

उक्त कार्यक्रममा वैष्णवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका संचालक जय नाथ मण्डल ,ओम शान्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेडका संचालक भोगेन्द्र मण्डल ,रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका संचालक मनमोहन ठाकुर ,बिनिता यादव ,रेखा मण्डलसहितका सहकारीकर्मीहरु सम्मानित भएका छन्।

जिल्ला भरीका सहकारीका संचालकलगाइत विभिन्न क्षेत्रमा योगदान पुरियाएका करिब २ दर्जनभन्दा बढी व्यक्तिहरुलाई सम्मान समेत गरेका थिए ।

सो कार्यक्रममा स्वागत मन्तव्य जिल्ला सहकारी संघ लि. धनुषाका उपाध्यक्ष बिनोद प्रसाद रोहिताले राखेको थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds