2024-03-19

Close

विपिन कुमार यादव,चैत २७,जनकपुरधाम । यति बेला जनकपुरधाम बजार चुनावमय बनेको छ । नेपाल पत्रकार महासंघ धनुषाको निर्वाचन सफलता पुर्वक समपन्न भए पश्चात व्यापारीहरुको छाता संगठन जनकपुरधाम उद्योग वाणिज्य संघको निर्वाचन चैत २८ गते शनिवार हुने भएको छ । जनकपुरधामको नगर र चौक चौकमा वाणिज्य संघको उम्मेदवारहरुको पर्चा पम्पलेट टासिंएको सहजै देखिन्छ । जनकपुरधामको बजारमा व्यापारीहरुको चुनावी चर्चा परिचर्चा जता ततै भइरहेको छ । जनकपुरधाम उद्योग वाणिज्य संघको भोलि हुने मतदानका लागी उम्मेदवारहरु चुनावी संगै प्रचार प्रसारलाई आज पनि तिव्रता देखाएका छन् । विभिन्न पदका उम्मेदवारहरु आ–आफ्नो चुनावी एजेण्डाहरु लिएर जनकपुरधाम बजारमा प्रचार प्रसार संगै रैली समेत निकालिएको हो । जनकपुरधाम बजार क्षेत्रमा उद्योगी–व्यापारीहरुले कुन उम्मेदवार आफुहरुको हितमा के–कस्तो भूमिका खेल्न सके र खेलिरहेका छन् भन्ने विषयलाई पनि सुक्ष्म ढङ्गले केलाइरहेका छन् ।


धेर्रै जसोले कसलाई मतदान गर्ने नजिकबाट बुझेर समाधान गर्न सक्छन् भन्ने निश्कर्ष समेत निकाल्न थालिसकेका छन् । बजारमा यति बेला चुनावी मैदानमा अध्यक्ष पदका दुई उम्मेदवार छन् । जितेन्द्र प्रसाद साह र जितेन्द्र महासेठ । तर उम्मेदवारहरुको चर्चा परिचर्चा चलिरहेको बेला अध्यक्ष पदका उम्मेदवार जितेन्द्र महासेठको सर्वत्र चर्चाको विषय बनेको छ । महासेठले विगतमा गरेको कार्यहरुक सराहनीय रहेकोले हामीले मुल्याङ्गन गरेका छों र यसपालि अवश्यनै विजयी हुन्छ भने धेरै जसो व्यापारीको बुझाई हो । युवा व्यवसायीका रूपमा परिचित तथा जउवा संघमा २०७१ सालमा पहिलो पटक कोषाध्यक्ष पदमा निर्वाचित र दो्स्रो पटक २०७४सालमा महासचिब पदमा निर्वाचित भए । कार्यवाहक अध्यक्ष भएर उपमहानगरभरिका उद्योगी–व्यापारीहरूको नेतृत्व गरिरहेका महासेठ यस क्षेत्रका लागि परिचित व्यक्ति लोकप्रिय युवा व्यवसायीमा हुन् । युवा व्यवसायी महासेठ विभिन्न संघ संस्थाको प्रमुख पदमा रहेर कार्यभार समेत समाहालिसकेका छन् ।

महासेठले अप्पन जनकपुरधाम संग भने अहिले पनि धेरै व्यवासयी छुटेका छन् । १७ हजार लगभग हाराहारीमा रहेको व्यवासयीलाई संगिठित गर्ने, व्यारीहरुको समस्या समाधान गर्ने,वस्तुगत संघलाई सक्रिय र संगठित गर्ने, टयाक्स र भ्याटको समस्या समाधान गर्ने , व्यवारीहरुलाई अर्थद्वारा प्रशिक्षणको व्यवस्थ गर्ने, पुर्व अध्यक्षहरुको सर सल्लाह अनुसार काम गर्ने र उहाँहरुलागी छुटै समिति बनाउने , कृषिकहरुलाई संगठित गर्ने प्रतवद्धता जनाए । उनले कृषि प्रधान देश रहेकोले कृषिकको विकास किसानले उत्पादन गरेकालाई बजारी करणमा पहुच नभएकोले पहुच बनाउने उनले भने । चार किसिमका उद्योग मध्ये ठुला उद्योग १३सय, मझौला उद्योग १९सय, सानो १३सय र घरेलु तथा साना उद्योग १४६९ रहेका छन् । धार्मिक पर्यटकीय स्थलको रुपमा रहेको जनकपुरधाममा धर्मशाला उचित व्यवस्थापन, अव्यवस्थित तरकारी बजारलाई व्यवस्थापन गर्ने र नयाँ उद्योगको स्थापना गर्ने महासेठले प्रतिवद्धता जनाए । बन्द अवस्था रहेका उद्योगलाई संचालनमा ल्याउने र ठुलो भन्सारको व्यवस्थापन गर्न पहल गर्ने उनले भने । ,

 

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds