काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षले कार्यकारिणी समितिको कुनै बैठक नबोलाएको बताएका छन् । महन्थ ठाकुरद्वारा जारी प्रेस वक्तव्यमा भनिएको छ, ‘जसपा नेपालको केन्द्रीय कायकारिणी समितिको कुनै बैठक नडाकिएको र त्यस्तो जानकारी हामीलाई नभएको स्पष्ट पार्दछौं ।’
आज बालकुमारीस्थित जसपा पार्टी कार्यालयमा उपेन्द्र यादव पक्षको बैठक जारी रहेका बेला महन्थ पक्षले कुनै बैठक नडाकिएको बताएको हो । नेतृ रेणु यादवले भने बैठक जारी गरेको दावी गरेकी छन् । बरिष्ट नेता राजेन्द्र महतोलाई महन्थ ठाकुर पक्षले संसदीय दलको नेता चयन गरेकोमा उपेन्द्र यादव पक्ष आवश्यक निर्णय लिन बैठक बसेको स्रोतको दावी छ ।