2024-04-25

Close

जनकपुरधाम । आज नेपाल संघिय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक बन्नुमा शहीदहरुको ठुलो योगदान छ । विभिन्न कालखण्डमा शहादत प्राप्त गरेका शहीदहरुको अतुलनीय योगदानकै कारण आज हामीले देशमा गणतन्त्र पाएका छौं । जनताले संघीयताको अनूभुति गरिरहेको वर्तमान अवस्थामा शहीदहरुको महत्वपूर्ण भूमिका देखिन्छ । झन मधेश आन्दोलनकै जगमा स्थापना भएको प्रदेश २ सरकारका लागि भने शहीदहरुको योगदान र बलिदानी अविस्मरणीय हुनुपर्ने देखिन्छ ।

तर प्रदेश २ मा भने तिनै शहीदहरुको अपमान गरिएको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका यसअघिका मन्त्री जितेन्द्र सोनलले आफ्नो कार्यकक्षमा मधेश आन्दोलनका शहीदहरुका साथै जनआन्दोलनका शहीदहरुको तस्वीर राखेका थिए । तर तीनै शहीदहरुको तस्वीर नवनियुक्त भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले हटाएर काँग्रेसी विचारसँग नजिकका नेताहरुको तस्वीर लगाएपछि तस्वीरको राजनीति प्रदेश २ मा समेत सुरु भएको देखिएको छ ।

गत जेठ २६ गते नेपाली कांग्रेसको तर्फबाट भौतिक पूर्वाधार विकास मन्त्रीको जिम्मेवारी पाएका यादवले आफ्नो कार्यकक्षमा राष्ट्रप्रमुख र प्रधानमन्त्रीको फोटो नराखेपनि काँग्रेस नेताहरुको फोटो भने राख्न बिर्सेका छैनन् । उनले आफ्नो कार्यकक्षमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो नराखेपनि विपी कोईराला, महेन्द्रनारायण निधि, रामनारायण मिश्र र शहिद दुर्गानन्द झाको फोटो राख्न छुटाएका छैनन् ।

यसअघि त्यहाँ मन्त्रीको कुर्सीको माथी मधेश आन्दोलनका शहीद तथा जनआन्दोलनका शहीदहरुको तस्वीर थियो तर त्यहाँबाट ती तस्वीरहरु अहिले हटाइएका छन् । प्रायः मन्त्रालयहरुमा राष्ट्रपति र प्रधानमन्त्रीको फोटो राख्ने परम्परा रहेको छ । अन्य देशहरुमा समेत मन्त्रालयहरुमा राष्ट्राध्यक्षको तस्वीर राख्ने चलन छ ।

डा. रामवरण यादव राष्ट्रपति रहेको समयमा नेपाल विद्यार्थी संघले समेत सरकारी कार्यालयमा राष्ट्रपतिको तस्वीर राख्ने अभियान नै संचालन गरेको थियो । सोनल मन्त्री हुँदा मधेस आन्दोलनका शहीदहरुका साथै जनआन्दोलनका शहीदहरुको तस्वीर मन्त्रालयमा राख्न लगाए । मन्त्री यादवका स्वकीय सचिव धिरेन्द्र मोहन झाले मन्त्रीज्यूको कार्यकक्षमा राष्ट्रपति र प्रधानमन्त्रीको फोटो पहिले देखि नै नरहेको दावी गरे ।

उनले पहिलेदेखि नै रहेको मधेश आन्दोलन तथा जन आन्दोलनका शहीदहरुको तस्वीर नटहाएको र चार वटा फोटो थप गरिएको जानकारी दिए । उनले भने, ‘उहाँहरुको योगदान मधेस विकासमा रहेकाले शहिदको तस्वीरलाई पनि सोही कोठाको अन्य भित्तामा राखिएको छ ।’
यसअघि सोही मन्त्रालयका मन्त्री रहेका जितेन्द्र सोनलले आफ्नो कार्यकक्षमा राष्ट्रपति र प्रधानमन्त्रीको फोटो राखिएको वा नराखिएको भन्ने विषयमा आफूलाई स्मरण नरहेको बताए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds