2024-04-25

Close

जनकपुरधाम । कर्मचारीहरु कार्यालयमा किन जान्छन् ? सजिलो जवाफ हुन्छ काम गर्न । तर सबै कर्मचारीहरु कार्यालयमा गएर काम नै गर्छन् भन्ने हुँदैन । कोही कोही कर्मचारी आराम गर्न र सुत्नकै लागि कार्यालय जान्छन् । माथिको तस्बिरले यो पुष्टि गरेको छ ।

तस्बिरमा देखिएको दृश्य प्रदेश २ को राजधानी जनकपुरको हो । अनि त्यो सरकारी अड्डा हो भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहत रहेको सडक विभाग हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय, धनुषा।

आइतबार बिहान त्यहाँ पुग्दा एकजना कर्मचारी मस्त निद्रामा सुतिरहेका थिए । उनी कार्यालय समयमा आफ्नै कार्यकक्षमा सुतिरहेका थिए । उनी हुन् कर्मचारी हुन्, सोधपुछ तथा मुआब्जा शाखाका नरेन्द्र यादव ।

घुम्ने कुर्सीमा बसिरहेका उनी दुबै खुट्टा टेबलमाथि राखेर मस्त निद्रामा थिए । कार्यालयमा को आयो, को गयो भन्ने हेक्का उनलाई थिएन । सिलिङमा पंखा घुमिरहेको थियो । पंखाको हावा खाँदै उनी मस्त निदाएका थिए । कार्यालयका अन्य कोठाहरू पनि खाली थिए । कोठामा पंखा घुमिरहेका थिए भने कार्यालयका अन्य सामग्रीहरु यत्रतत्र छरिएका थिए ।

यस सम्बन्धमा बुझ्नका लागि कार्यालयका सूचना अधिकारी इन्जिनियर बेचन कुमार भण्डारीको मोबाइल नम्बरमा फोन गर्दा उनको सालोले फोन उठाए । भिनाजु अहिले हुनुहुन्न बाहिर जानु भाछ भन्ने जवाफ आयो । उनले कार्यालयको मोबाइल आफ्नो सालोलाई दिएका रहेछन् । उनी पनि आज कार्यालयमा अनुपस्थित थिए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds