2021-09-18

Close

पर्सा/धर्मेन्द्र प्रसाद यादव । पर्साको छिपहरमाई गाउँपालिका वडा नं १ मिर्जापुरमा नेकपा एमाले ओली समूहको वडा कमिटी गठन गरिएको छ । नेकपा एमाले पर्साका सचिव तथा छिपहरमाई गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ताको प्रमुख आतिथ्यता तथा छिपहरमाई गाउँपालिका कमिटी अध्यक्ष पहलाद साहको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा जिल्ला सदस्य हरिन्द्र हाजरा ,गा. पा सचिव कवलसरीफ गदी,बिहारी साह, राजबली यादव, पहाडी गिरी, नाजिर मिया , राजकिशोर यादव, सुबास साह लगायत अतिथिको उपस्थिती रहेको थियो । नवगठित वडा कमिटिको अध्यक्षमा मंगनी राउत अहिर, उपाध्यक्ष चन्द्रिका प्र.यादव , सचिव रहमान मिया, सह-सचिव रामलखन ठाकुर , कोषाध्यक्षमा भागीरथ राम चयन भएका छन् । सोमबार छिपहरमाई–१ स्थित श्री नेरा प्रा. वि बघमरिमा भएको कार्यक्रमबाट ४१ सदस्यीय वडा कमिटि गठन गरिएको हो । सुरेन्द्र साह कानुले कार्यक्रम सञ्चालन गरेका थिए l

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।  अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुरधाम संस्था द्वारा संचालित हुनेछ

टिमहरु

संचालक :- विपिन कुमार यादव
सम्पादक :- वि.पि.यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- राज कमल सिंह

सम्पर्क

अप्पन जनकपुरधाम
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुरधाम संस्था द्वारा संचालित हुनेछ

Copyright © 2018-2021 अपन जनकपुर