2024-04-24

Close

जनकपुर : विश्व प्रसिद्ध जानकी मन्दिरको सौन्दर्यलाई नै कुरुप बनाउने गरी परिसर भित्र राखिएका होर्डिङ्ग बोर्ड हटाइएको छ। व्यवसायिक र राजनीतिक प्रयोजनका होर्डिङ्ग बोर्डहरु युवा अभियान्ताले हटाइ दिएका हुन्।

ऐतिहासिक र पुरातात्विक महत्वको ख्याल नगरी मन्दिर परिसरमा पछिल्लो समय मुख्यमन्त्री लालबाबु राउतको फोटोसहितको ठूलो होर्डिङ्ग बोर्ड पनि राखिएको थियो।‘हामीले पटक पटक मुख्यमन्त्रीज्यूलाई होर्डिङ्ग बोर्ड हटाउन सन्देश दियौं तर, बेवास्ता गरियो,’ युवा अभियानी सरोज मिश्रले भने, ‘विश्व सम्पदामा सूचीकृतका लागि सिफारिस भएको जानकी मन्दिरमा यसरी व्यापारिक प्रयोजनको बोर्डहरु लगाएर कुरुप बनाउन खोजिएपछि हामीले हटाएका हौँ।’

शनिबार बिहान जानकी मन्दिर पुगेका युवा अभियान्ताहरुको एक समूहले अनावश्यक पोस्टर पम्पलेटहरु हटाएका हुन्। मन्दिरको गरिमाको ख्याल गरि धार्मिक महत्वका मात्र पोस्टर, पम्पलेट र होर्डिङ्ग बोर्ड लगाउन उनीहरुले आग्रह समेत गरे। आगामी दिनमा धार्मिक नगरि जनकपुरधामको कुनै पनि मठमन्दिरका पर्खालहरुमा व्यवसायिक प्रयोजनका प्रचार प्रसार सामग्री टाँसेमा कानुनी उपचारमा जाने युवाहरुले चेतावनी समेत दिएका छन्। निहित स्वार्थ पूर्तिका लागि जथाभाबी टाँसिने व्यवसायिक प्रयोजनका पोस्टर, पम्पलेटहरुका कारण सम्पदाहरु कुरुप बन्दै आएको छ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds