2024-04-25

Close

जनता समाजवादी पार्टी नेपालले चारजना मन्त्रीको नाम चयन गर्दा त्यसमा प्रमोद साहको नाम थियो । पार्टीका शीर्ष नेताहरुको छलफलले चारजना मन्त्रीमध्ये प्रमोद साहको नाम पनि राखेको थियो । उनलाई कृषि तथा पशुपंछी विकास मन्त्रीमा पठाउने निर्णय भएको थियो । शीर्ष नेताहरुको सो निर्णयलगत्तै उनलाई पार्टीका नेता तथा कार्यकर्ताहरूले बधाई दिन सुरु गरेका थिए ।

 

उनी आफू मन्त्री हुनेमा ढुक्क थिए । फोन र म्यासेजबाट बधाई तथा शुभकामना आइरहेको थियो । शुक्रबार दिउँसो राष्ट्रपति कार्यालयबाट मन्त्रिपरिषद्ले पूर्णता पाएको नामावली सार्वजनिक भयो । त्यसमा प्रमोद साहको ठाउँमा महेन्द्र राय यादवको नाम थियो । सुरुदेखि नै जसपामा कार्यकारिणी सदस्य राजेन्द्र श्रेष्ठले नेतृत्व गर्ने कि अर्का सदस्य महेन्द्र राय यादवले सरकारको नेतृत्व गर्ने भन्ने कुरामा विवाद थियो ।

शीर्ष नेताहरुको छलफलमा राजेन्द्र श्रेष्ठले नेतृत्व गरेर जाने भएपछि महेन्द्रराय यादव मन्त्री हुनेबाट ब्याक भएका थिए । बैठकले चारजनाको नामलाई अन्तिम रुप दिएको थियो । तर राष्ट्रपति कार्यालयले सार्वजनिक गरेको मन्त्रीको सूचीमा प्रमोद साहको नाम परेन ।

मन्त्रीको सूचीमा नाम नपरेपछि साहले भने, ‘मलाई पनि आश्चर्य लागेको छ, पार्टीबाट मेरो नाममा सहमति भएको थियो तर राष्ट्रपति कार्यालयबाट नामावली आउँदा मेरो नाम काटिएको छ यो कसरी भयो मलाई पनि आश्चर्य लागेको छ ।’
महेन्द्रराय यादव र प्रमोद साह दुवैजना सर्लाहीका हुन् । दुवै जनाले महन्थ ठाकुरलाई छाडेर उपेन्द्र यादवलाई साथ दिएका थिए । महेन्द्र राय यादवले भने सुरुदेखि नै ठाकुरको साथ छाडेर यादवलाई साथ दिँदै आएका थिए ।

तत्कालीन समाजवादी पार्टी र राजपा एकीकरण हुने वित्तिकै महेन्द्र राय यादव उपेन्द्र यादवको साथमा गएका थिए । पछिल्लो समय महन्थ ठाकुरले आफ्ना पक्षबाट तत्कालीन ओली नेतृत्वको सरकारमा १० जना मन्त्री पठाउँदा प्रमोद साह लगायतका सांसदको नाम गएको थिएन । त्यसबाट साह असन्तुष्ट थिए ।

त्यसपछि उनीसहित सातजना सांसदहरुले उपेन्द्र यादवलाई साथ दिएका थिए । आधिकारिकताका लागि निर्वाचन आयोगमा विवाद चलिरहँदा साहलगायतले उपेन्द्र यादवलाई साथ दिएका थिए । प्रमोद साहकै कारण उपेन्द्र यादवको पक्षले बहुमत प्राप्त गरेका थिए । उनलाई मन्त्री बनाउने आश्वासन पनि दिइएको थियो । तर अन्तिममा उनको नाम काटिएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds