2024-05-12

Close

जनकपुरधाम असोज २८ गते । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले दशैंको मौका छोपी संगठन विस्तारको काममा लागेको छ । हालै जनता समाजवादी पार्टी नेपालबाट अलग भएर लोसपा गठन गर्नुभएका नेताहरु अहिले दशैंमा आआफ्नो गाउँ तथा क्षेत्रमा पुग्नु भएको छ ।

पार्टीका नेता तथा कार्यकर्ताहरुलाई भेटेर दशैंको शुभकामना अदान प्रदान गर्नुको साथै संगठन विस्तारको काम समेत गरिरहनु भएको छ । गाउँ तथा क्षेत्र पुग्नु भएका लोसपाका नेताहरुले सदस्यता वितरण गर्नुदेखि लिएर नव प्रवेशीहरुलाई पार्टीमा समेत भित्र्याइ रहेका छन् ।

लोसपाका केन्द्रीय कार्यकारिणी सदस्य एवं धनुषा निर्वाचन क्षेत्र २ का सांसद उमाशंकर अरगरिया पनि दशैंको मौका पारेर आफ्नो गृहजिल्ला धनुषा पुग्नु भएको छ । उहाँ आफ्नो गाउँ तथा क्षेत्रका कार्यकर्ता तथा नेताहरु संग भेटघाट गरी शुभकामना आदान प्रदान गर्नुको साथै पार्टी संगठन विस्तारको काम पनि गरिरहनु भएको छ ।

भर्खर पार्टी विभाजनको पीडा भोग्नु भएका नेता तथा कार्यकर्ताहरुलाई पार्टी विभाजनको यथार्थ जानकारी गराउँदै सांसद अरगरियाले अगामी दिनमा लोसपा कसरी अगाडि बढ्ने लगायतका विषयमा पनि छलफल गर्नुभएको छ ।

लोसपा प्रति जनताको आकर्षण बढेको छ, जसपाबाट अलग भएर नयाँ पार्टी बनाए पनि जनताको अपार समर्थन र झुकाब रहेको बताउनु भयो । यद्यपी अहिले लोसपाले जनताको मुद्दा लिएर अगाडि बढी रहेकोमा जनताले सन्तोष प्रकट गरेको उहाँले बताउनुभयो । जसपा सत्ताको राजनीतिमा लागि सकेको छ भने लोसपा मुद्दाको राजनीतिकमा कायम रहेको धारणाहरु आइरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, जनताले लोसपालाई मधेशको मुद्दालाई लिएर अगाडि बढ्न सुझाव दिएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds

This will close in 0 seconds