 

काठमाडाैं – सातौं आईसीसी टी–२० विश्वकप आजदेखि सुरु हुँदैछ। क्वालिफायर राउन्डअन्तर्गत आज दुई खेल हुने छन्।
समूह-बीअन्तर्गत ओमान र पपुआ न्यू गिनी तथा बंगलादेश र स्कटल्याण्डबीच खेल हुनेछन्। क्वालिफायर राउन्डमा ८ टोलीलाई दुई समूहमा विभाजन गरिएका छ। दुवै समूहका शीर्ष दुई टोली विश्वकपको मुख्य समूह चरणका खेलहरुमा छनोट हुनेछन्।
			बिज्ञापन
			
			



ओमान क्वालिफायरमा स्थान पक्का गर्ने अन्तिम टोली थियो। उसले हङकङलाई हराउँदै टी–२० विश्वकपमा स्थान बनाएको हो। उता, पपुवा न्यू गिनीको टोली तयारीका लागि सेप्टेम्बरमा नै ओमान पुगेको थियो।

यता, स्कटल्याण्ड र बंगलादेश दुवै समूह चरणमा प्रवेश गर्ने टोलीका दाबेदार हन्। बंगलादेश पछिल्लो समय टी–२० खेलहरुमा राम्रो प्रदर्शन गरिरहेको छ। उसले घरेलु मैदानमा खेलिएका टी–२० शृङ्खलामा अस्ट्रेलिया र न्युजिल्याण्डलाई हराएको थियो।
 
                 
                 
           
           
           
           
           
           
           
           
           
           
           
           
           
           
           
           
          