2024-04-20

Close

जनकपुरधाम : संघिय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरधामका निमित्त आयोजना प्रमुख राजेश कुशवाहा माथि जनमत पार्टीका कार्यकर्ताहरुले दुव्र्यवहार गरेपछि प्रदेश २का ईन्जिनियरहरु आन्दोलित भएका छन् ।

राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुहरु जनकपुरधामको रामानन्द चोकस्थित रहेको कार्यालयमा घुसेर तोडफोड गर्दै निमित्त प्रमुख कुशवाहालाई अर्धनग्न बनाएर नगरपरिक्रमा गराएपछि पेशागत हकहित संरक्षणको माग गर्दै ईन्जिनियरहरु आन्दोलित भएका हुन् ।

नेपाल ईन्जिनियर एशोसएसन प्रदेश २मा आवद्ध ईन्जिनियरहरु जुलुश निकालेर जनमत पार्टी र जनमत पार्टीका अध्यक्ष सिके राउत बिरुद्ध चर्को नारावाजी गरेका थिए ।

ईन्जिनियरहरुले पीडित ईन्जिनियरलाई न्याय दे, सिके राउतलाई कारवाही गर, ईन्जिनियर सुरक्षाको ग्यारेण्टी गर, सिके राउतको ईन्जिनियरिंग दर्ता खारेज गर लगायतका नाराहरु लगाएका थिए ।

ईन्जिनियरहरुको सो जुलुश नगर परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय धनुषा पुगेर प्रमुख जिल्ला अधिकारीलाई सिके राउतमाथी कारबाहीको माग गर्दै ज्ञापन पत्र बुझाएका छन् । जनमत पार्टीका कार्यकर्ताहरुले एक कर्मचारीलाई अर्धनग्न बनाएर सार्वजनिक रुपमा नगर घुमाउनु कानूनी राज्यको उपहास रहेको भन्दै प्रजिअ बन्धुप्रसाद वास्तोलाई ज्ञापन पत्र बुझाएका हुन् ।

उनीहरुले धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलालाई ज्ञापनपत्र बुझाउँदै पार्टी अध्यक्ष सिके राउत सहित घटनामा संलग्न व्यक्तिहरुलाई तत्काल कडा भन्दा कडा कारवाही गर्न माग गरेका छन् ।

पेशागत रूपमा एक ईन्जिनियर समेत रहेका जनमत पार्टीका प्रमुख राउतको यस कदमले ईन्जिनिरिङ्ग पेशाको गरिमा र मर्यादा हनन गरेकोले उनको नेपाल ईन्जिनिरिङ्ग परिषदको दर्ता प्रमाणपत्र समेत तत्काल खारेज गर्न नेपाल ईन्जिनियरिङ्ग परिपदसँग माग गरेका छन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds