2024-04-18

Close

जनकपुरधाम : धनुषाको मिथिला नगरपालिका वडा नं.२ बस्ने ३५ वर्षीय श्याम सुन्दर महतोको श्रीमति २७ वर्षीया सुनिता देवी महतो आफ्ना तीन छोराछोरीसहित बेपत्ता भएकी छिन् ।

गत असोज २९ गते विहान करिव साढे ९ बजेको समयमा घरबाट एक छोरा र दुई छोरीसहित घरबाट माइत धनुषाधाम नगरपालिका वडा नं. ५ नौसय विग्हास्थित ढांगर टोल जाने भन्दै निस्केकी सुनिता हालसम्म माइत पुग्न सकेकी छैनन् ।

धनुषाधाम नगरपालिका वडा नं। ५ नौसय विग्हास्थित ढांगर टोल बस्ने विशुन महतोको छोरी सुनिता आफ्नो ६ वर्षीय छोरा किशनजीत महतो र छोरीद्धय वर्ष ५ की राजनन्दनी महतो र डेढ वर्षकी रागनीसँगे वेपता छिन् ।

सुनिताको श्रीमान् श्यासुन्दरका अनुसार सबै आफन्त, नातागोतामा पर्ने सबै घरपरिवारमा एक हप्तादेखि खोजविन गर्दा पनि हालसम्म फेला पार्न सकिएको छैनन् ।

यता सुनिताको माइती पक्षले पनि खोजविनका लागि कुनै गम्भीरता नदेखाएपछि उनीहरुले नै लुकाएर राख्ने सक्ने शंका सुनिताकै श्रीमान् श्यामसुन्दरले व्यक्त गरेका छन् ।

घरमा त्यस्तो कुनै झै झगडा नभएपनि गत असोज २८ गते राति श्रीमान् श्रीमतीबीच समान्य विवाद हुँदा त्यसको भोलिपल्ट असोज २९ गते विहान करिब साढे ९ बजेको समयमा सुनिता बच्चा लिएर माइत जाने भनेर हिँडेकी तर माइतमा खोज्दा नभेटेपछि आफ्नो परिवार खोजविनमा जुटेको भएपनि हालसम्म फेला नपरेपछि विभिन्न शंका उपशंका उब्जिन थालेको श्यामले बताए ।

तर सुनिताको माइत पक्षले पनि सुनितालाई खोजी गरिरहेको बताएपनि गम्भीरता नदेखाएपछि आफुहरु शंकामा रहेको उनको भनाई छ ।

यसैबीच श्रीमति वेपत्ता घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगर र धनुषाधाममा आफुहरु आइतबार निवेदन दिने तयारी गरेको श्यामले जानकारी दिएका छन् ।

सुनिताकी सासुरा पक्षले यदि कसैलाई यो फोटोमा भएका तीनजना छोराछोरीसहित देखेमा वा भेटेमा मोबाइल नम्बर ९८२४८१३७७५ वा ९८१२०८६९६० मा फोन गरेर जानकारी गराइदिन हुन आग्रह समेत गरेका छन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds