हंसपुर न.पा.का मेयर मण्डलले विपन्न परिवारलाई बाँडे छठ सामग्री वितरण!

जनकपुरधाम । धनुषाको हंसपुर नगरपालिकाले विपन्न परिवारलाई छठ सामग्री वितरण गरेको छ । नगरपालिकाको कार्यालयमा आयोजित एक समारोहबीच मेयर रामज्ञान मण्डलले छठ सामग्री वितरण गरेका हुन् ।

वडा नम्बर १ देखि ९ सम्मका अति विपन्न १६० परिवारलाई छ्ठ पुजाको सामाग्रीहरु सारी, पेटीकोट, बलाउज, गहु, मिठा वितरण गरिएको मेयर मण्डलले जानकारी दिए । बाँकी अढाई सय परिवारलाई छठ सामग्री भोली वितरण गर्ने उनको भनाई छ ।

बिज्ञापन

विपन्नलाई छठ मनाउन समस्या हुने गरेकाले छठ सामग्री वितरण गरिएको मेयर मण्डलले बताए । उनले भने, ‘कसैसंग भेदभाव नगरि अति विपन्नको तथ्यांक संकलन गरि छठ सामग्री वितरण गरेका छौं ।’