2024-04-24

Close

जनकपुरधाम । विश्वप्रसिद्ध जानकी मन्दिरमा साताव्यापी सीता–राम विवाह पञ्चमीको तयारी सुरु भएको छ । यसवर्ष आगामी मंसिर २२ मा सिता–राम विवाह पञ्चमी पर्छ ।

तर एक हप्तासम्म विभिन्न कार्यक्रम गर्नेगरी मंसिर १७ गतेदेखि नै विवाहपञ्चमी महोत्सव सुरु हुने जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले जानकारी दिए । गत वर्ष कोरोना महामारीका कारण विवाह पञ्चमी औपचारिकतामा मात्र सिमित भयो । त्यसैले यसवर्ष भव्य रुपमा विवाह पञ्चमी मनाउन विभिन्न १९ वटा समिति एवं उपसमितिहरु गठन गरिएको छ ।

जानकी मन्दिरमा राखिएको सर्वपक्षीय बैठकमा महन्थ वैष्णवले विवाह पञ्चमी महोत्सवका लागि शान्ति सुरक्षा व्यवस्थापन, प्रचार प्रसार, यातायात व्यवस्थापन, बजार व्यवस्थापन, रंगभुमी मैदानमा पण्डाल एवं गेट व्यवस्थापन, भारतको अयोध्याबाट आउने जन्तीको स्वागत, विद्युत आपूर्ति सहितका समिति गठन गरिएको जानकारी दिए ।

भगवान रामको जन्मभूमि अयोध्याबाट हरेक पाँच वर्षमा जनकपुर विशेष जन्ती आउने चलन छ । यसपटक औपचारिक रुपमा जन्ती नआएपनि साधुसन्त र ठूला महन्थहरु जन्तीकै रुपमा आउने महन्थ वैष्णवले जानकारी दिए । बैठकमा सहभागीले बाहिरबाट विवाह पञ्चमीमा सहभागी हुन ठूलो संख्यामा मानिस आउने हुनाले जताततै फोहोर हुने गरेकोले सरसफाईमा ध्यान दिन र शौचालयको व्यवस्था मिलाउन महन्थ वैष्णवसँग आग्रह गरेका थिए ।

फोहोर र शौचालय व्यवस्थापनमा उप–महानगरपालिका र जनकपुर बृहत्तर क्षेत्र विकास परिषद्ले समेत ध्यान नदिने गरेको गुनासो गर्दै महन्थ वैष्णवले आफ्नो छोरीको बिहे ठानेर सबैले आफैं गर्नुपर्ने बताए । उनले भने, ‘अरुको भर पर्नु हुँदैन । सबैको साथ चाहियो । म आफैं झाडु बोकेर सडकमा निस्किन्छु ।’

महन्थ बैष्णवले प्रदेश सरकारले चाहेभने केहि सरसफाई र शौचालय व्यवस्थापनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले महोत्सवलाई भव्य बनाउन आवश्यक सहयोग गर्न प्रदेश सरकारसँग आग्रह समेत गरे । उनका अनुसार मंसिर १७ गते जनकपुर नगर दर्शन, १८ गते फूलवारी लिला, १९ गते धनुष यज्ञ, २० गते तिलकोत्सव, २१ गते मटकोर, २२ गते शुभ–विवाह र २३ गते रामकलेवा कार्यक्रम तय भएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds