2024-04-23

Close

जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिका २० रुपैठामा दुई समुदायबीच भएको झडपका कारण उत्पन्न तनाव साम्य नभएपछि निषेधाज्ञाको समय बढाइएको छ ।

धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले कार्तिक ३० गते मंगलवार राति १० बजेसम्म निषेधाज्ञा जारी रहने सूचना निकालेका छन् । छठ पर्वका लागि घाट बनाउने विषयमा हिन्दु–मुस्लिम समुदायबीच भएको विवाद उग्ररुप लिएपछि स्थानीय प्रशासनले शनिबारदेखि आइतबार राति १० बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको थियो ।

तर अवस्था साम्य नभएपछि निषेधाज्ञाको समय थपिएको छ । भेला जुलुस, प्रदर्शन, घेराउ, र्‍याली, सभाजस्ता क्रियाकलाप गर्न रोक लगाएको प्रमुख जिल्ला अधिकारी बास्तोलाद्वारा जारी सूचनामा उल्लेख छ । आदेशको उल्लंघन गर्नेलाई कानून बमोजिम कारवाही गर्न सकिने चेतावनी समेत दिइएको छ ।

पूर्वमा जलाद नदीको कर्ली बाँध, पश्चिममा जनकपुर–जटही मार्ग दोबाटो, उत्तरमा हनुमाननगर रामपुर बहुअर्वा जाने बाटो र दक्षिणमा देवपुरा निमचौकदेखि बहुअर्वा जाने बाटोसम्मलाई निषेधाज्ञाको क्षेत्र तोकिएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds