जनकपुरधाम । नेपाली कांग्रेसको १४ औं महाधिवेशन बाट धनुषाको औरही गाउँपालिका क्रियाशिल सदस्य भएर नेपाली कांग्रेसको राजनीतिमा निरन्तर सक्रिय रहेर युवा नेताको भूमिका निर्वाह गरि चर्चा परीचर्चामा रहेका छन् । गाउँ पालिकामा राम्रो पहिचान बनाएका कारण एक ढिक्का भएर उम्मेदवारी दिएर उदित मिश्रले चुनाव सहजै जित्ने कांग्रेस कार्यकर्ताहरुले बताएका छन । उदितले कांग्रेस पार्टीको युवालाई हरदम ख्याल राख्ने र दुख सुखमा साथ दिने कार्यकर्ताहरुको धारणा छ ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा धनुषाको औरही गाउँपालिकाको उपाध्यक्ष पदमा उदित मिश्रलाई स्थानीय हरुको लोकप्रियता देखिएको छ । नेपाली कांग्रेस पार्टीका पुर्व जिल्ला सदस्य धनुषाको दिग्ज नेता चन्द्र देव मिश्रको नाति उदित मिश्र विद्यार्थी जिवन देखि राजनिती तर्फ पार्टीको सहयोगमा सदैव लागी परेको छ । नेपाल विद्यार्थी संघको प्रदेश युवा सदस्य समेत रहेका अहिले गाउँपालिकाको उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । आ-आफ्नो ठाउँबाट सहयोग गरि दिन उनले आग्रह पनि गरेका छन् । कांग्रेस पार्टीमा युवाको खाचो देखिएको छ् युवाको जिम्मेवारी पार्टीको उपलब्धी रहेको स्थानीयहरु बताउ छन् ।
नेपाली कांग्रेसको युवामा राम्रो छवि बनाएका उदितले नेपाली कांग्रेसको १४ औं महाधिवेशन बाट क्रियाशिलमा निर्वाचित भै धनुषा जिल्लाको औरही गाउँपालिका समिकरण नै फेरिने कांग्रेसी कार्यकर्ताहरुको बुझाई छ ।