2024-04-25

Close

जनकपुरधाम : त्रेता युगमा जस्तै बुधवार राति जनकपुरस्थित जानकी मन्दिरमा वैदिक परम्परा अनुसार भगवान राम र सीताबीच प्रतिकात्मक विवाह सम्पन्न भयो । आज रामकलेवा विधि पश्चात साताव्यापी विवाह पञ्चमी समापन हुनेछ ।

मिथिलानी महिलाहरूले परम्पराअनुसार हाँसोठट्टा र गीतका माध्यमले जन्तीलाई गाली गर्दा सहभागी श्रद्धालुलाई साँचै त्रेतायूगको अनुभूती गरायो । विवाह समारोहमा लाखौं श्रद्धालु सहभागी थिए । सीता-राम विवाहको खुशियालीमा महन्तहरु र कतिपय श्रद्धालु रुपैयाँ समेत लुटाए।

साधुसन्तको अगुवाइमा झाँकी कीर्तनसहित राम मन्दिरबाट रामको डोला र जानकी मन्दिरबाट जानकीको डोला निस्केर बुधवार दिउँसो बाह्रविघा रंगभूमि मैदान पुगेर स्वयंम्वर गरिएको थियो । ढोल पिपही, सहनाई, व्यान्ड बाजा र पञ्चेबाजासहित छुटा-छुट्टै निस्केको दुवै डोली बाह्रविघा मैदानमा मिलन भएपछि वैदिक परम्परा अनुसार मालाफेर गरी राम र जानकीको स्वयंम्वर गरिएको थियो ।

आज सामुहिक भोजका लागि जानकी मन्दिरमा ३६ व्यञ्जनको भोजन पाक्दैछ । जन्तीको रुपमा भगवान रामको जन्मभूमि भारतको अयोध्या र अन्य स्थानबाट आएका साधुसन्तलाई भोज खुवाउने र दक्षिणासहितको बिदाइ गर्नुलाई रामकलेवा भनिन्छ । रामकलेवाको क्रममा भारतबाट आएका साधुहन्तलाई जनकपुरकी महिलाहरुले गितका माध्यमले गाली गर्नुका साथै मनोरञ्जन गराइन्छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds