प्रदेश २ : कांग्रेसको अधिवेशन स्थलमा निधि र देउवा पक्षबीच झडप

जनकपुरधाम – नेपाली काँग्रेसको जनकपुरमा जारी अधिवेशनमा झडप भएको छ ।

निधि पक्षका रामसरोज यादव पक्षले भोलि र देउवा पक्षले आजै राति नै मतदान गराउनु पर्ने भन्ने माग गरिरहेको बेला झडप भएको हो ।

बिज्ञापन

अहिले मतदान स्थलको अवस्था तनावग्रस्त बनेको छ ।

दिउँसो १ बजेबाट मतदान गर्ने निर्वाचन समितिले भनेपनि अहिलेसम्म सुरु हुन सकेको छैन ।                                                                                                         निधि समूहबाट धनुषाका रामसरोज यादव र देउवा समुहबाट रौतहटका कृष्णा यादव सभापतिका लागि प्रतिस्पर्धामा छन्