2024-04-26

Close

लहान । सिरहा गोलबजार नगरपालिका ६ डोहटियाका एक दलित युवकलाई छुरा प्रहार गरी ज्यान लिएको र अर्का दलित युवकलाई घाईते बनाएको घटनामा संलग्न पाँच जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा स्थानीय २२ वर्षीय भुवनप्रसाद महतो, १९ वर्षीय श्रवणकुमार मण्डल, २० वर्षीय कालु भन्ने रोहन विश्वकर्मा, १८ वर्षीय सौकात खान र १९ वर्षीय धर्मेन्द्र यादव रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी सुवास बुढाथोकीले जनकारी दिए ।

उनका अनुसार आरोपीमध्ये दुई जना गोलबजार र तीन जनालाई धनगढीमाई नगरपालिका जयपुरमा आफन्तको घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको हो । पक्राउ परेकाहरूलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर थप अनुसन्धान तथा घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य थालेको प्रहरीले जानकारी दिएको छ ।

गत शनिबार बेलुका छुरा प्रहारबाट २६ वर्षीय रामकुमार सदायको मृत्यू भएको थियो भने घाईते युवकको उपचार जारी छ । घटनामा संलग्न दोषीलाई पक्राउ गर्नुपर्ने माग राखेर डोहटियाका दलित समुदाय गोलबजारमा दुई दिन राजमार्ग अवरुद्ध पारेका थिए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds