2024-04-23

Close

नेपाल रेल सेवा अंग्रेजी नयाँ वर्ष अर्थात् सात दिनपछि सुरु गर्ने तयारी भएको छ।

टाइम्स अफ इन्डियाका अनुसार भारतको जयनगरदेखि नेपालको कुर्थासम्म ३४.५ किमि रेलसेवा जनवरीदेखि अर्थात् मध्यपुसबाट सुरु हुनसक्ने भएको हो।

उक्त रेल नेटवर्कलाई जयनगर–कुर्था, कुर्था–बिजिलपुरा र बिजिलपुरा–बर्दिबास गरी तीन चरणमा सम्पन्न गर्ने जिम्मा इर्कोन इन्टरनेशनल लिमिटेडले पाएको छ।

यसभित्र ६८ किमि दूरी पर्छ l ईसीआरका प्रमुख जनसम्पर्क अधिकृत (सीपीआरओ) राजेश कुमारले जयनगर–कुर्था रेलसेवा पूर्ण तयार भइसकेको बताए। नेपालले भारतीय कम्पनी कोंकण रेलवेबाट दुईवटा रेल नेपाललाई गत वर्ष नै हस्तान्तरण गरिसकेको छ।

रेल ल्याए पनि नेपालले सञ्चालन अझै सुरु गर्नसकेको छैन। जयनगर–कुर्था ट्राकको परीक्षण समेत सम्पन्न भइसकेको छ।

जयनगर–कुर्था रेल सञ्चालनमा आएपछि दुवै देशको टोलीले कुर्था–बिजिलपुरा ट्राकको अनुगमन र उच्च गतिको रेल सञ्चालन गरेर परीक्षण गर्नेछन्।

तेस्रो फेजमा बिजिलपुरादेखि बर्दिबाससम्म १७ किमि रेल ट्राक बन्नेछ। तर यसका लागि नेपाल सरकारले जग्गा अधिग्रहण गर्नै बाँकी छ। सोही कारण नयाँ रेल लाइन र स्टेसन भवन निर्माणको काम हुनसकेको छैन। ​

जयनगरदेखि बर्दिबाससम्म रेल चल्दा भने आठ स्टेसन हुनेछन् भने छ ठाउँमा रेल रोकिनेछन्।

सन् २०१८ अगस्टमा नेपाल र भारतबीच भएको सम्झौताअनुसार यो परियोजनाको अनुमानित लागत ७ अर्ब ८७ करोड भारु हुने भारतीय विदेश मामिला मन्त्रालयले जनाएको टाइम्स अफ इन्डियाले जनाएको छ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds