वीरगञ्ज – आजबाट वीरगञ्जमा हुने हिन्दू परिषद् नेपालको राष्ट्रिय सम्मेलन एवं प्रशिक्षण कार्यक्रमको सबै तयारी पूरा भएको छ । देशका ७२ जिल्लाका ४०० बढी प्रतिनिधि सहभागी रहने सम्मेलन शनिबारसम्म चल्ने छ ।
दुई दिनसम्म चल्ने सम्मेलनमा हिन्दू धर्मबारे थप पैरवी तथा प्रशिक्षण साथै हिन्दू धर्म संस्कृतिमाथि योगदान पु¥याएका व्यक्ति तथा संस्थालाई सम्मान गरिने कार्यक्रम रहेको परिषद्का अध्यक्ष सन्तोष पटेलले जानकारी दिए ।
दुईदिने कार्यक्रममा भारत एवं नेपालका विभिन्न धर्मगुरु, पुजारी, हिन्दूवादी अगुवा डा चिन्तामणि योगी, डा. सुरेन्द्र भण्डारी, धर्मपाल गुरु, डा. दीपक शाक्य, प्रा वासु कर्ण, अरबिन्द श्रेष्ठलगायतकाले प्रशिक्षण दिने कार्यक्रम तय भएको छ ।
This will close in 20 seconds