2024-03-29

Close

सप्तरी । प्रहरीले सप्तरीको छुट्टाछुट्टै स्थानबाट ठूलो मात्रामा लागूऔषध बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रमुख एसपी अविनारायण काफ्लेका अनुसार सदरमुकाम राजविराज र हनुमाननगर कंकालिनी नगरपालिकाबाट लागूऔषध बरामद गरेको हो ।

एसपी काफ्लेका अनुसार राजविराज-२ स्थित हिमालय राइस मिल एवं गुलाब ग्यारेज अगाडि पार्किङ गरि राखिएको ना.८ख ५८३७ नम्बरको विशाल मेट्रो रात्री बसमा खानतलासी गर्दा २ हजार २ सय थान नाइट्राभेट ट्याब्लेट, एसपीएम प्रोक्सिभोन लेखिएको २ सय ८८ क्याप्सुल र डाइलेक्स डिसी सय एमएमलको ३ सय ९९ बोतल प्रहरीले बरामद गरेको हो ।

प्रहरीले रात्रीबसबाट ठूलो परिमाणमा लागूऔषध ओसारपसार भइरहेको सूचनाको आधारमा पुगेको चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बसका सह-चालक कञ्चनरुप नगरपालिका ८ बस्ने ३६ वर्षीय सञ्जय भुजेल रहेका छन्। भुजेल पक्राउ परेपछि अनुसन्धान गर्दै जाँदा उक्त लागूऔषध बोदे बर्साइन नगरपालिका ५ जाँजर बस्ने २१ बर्षीय अब्दुलले अटो रिक्समा लोड गरी बसमा पुर्‍याएको देखिएपछि उनलाई पनि प क्राउ गरिएको एसपी काफ्लेले बताए।

यस्तै पूर्वपश्चिम राजमार्ग अन्तर्गत हनुमाननगर कंकालिनी नगरपालिका १ भारदहस्थित कंकालिनी मन्दिर अगाडिबाट ब्राउन सुगरसहित दुईजना पक्राउ परेको प्रहरीले जनाएको छ ।

सबारीसाधन चेकजाँच गर्ने क्रममा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र–०१–००१ प.३१४० नम्बरको मोटरसाइकललाई रोकेर चेक गर्दा ८ ग्राम ५५० मिलीग्राम ब्राउन सुगर फेला परेको सप्तरीका एसपी काफ्लेले बताए ।

लागूऔषध बरामद भएपछि मोटरसाइकलमा सबार सिरहाको लक्ष्मीपुरपतारि गाउँपालिका ३ बस्ने २८ बर्षीय प्रमानन्द साह र सिरहाकै धनगढीमाई नगरपालिका ११ बस्ने २८ बर्षीय दिपेन्द्र कुमार महतो छन् ।

पक्राउ परेकाहरुलाई आईतबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । उनीहरुबिरुद्ध लागूऔषध मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरी अन्य अनुसन्धान शुरु गरिएको सप्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी माधव प्रसाद काफ्लेले बताए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds