2024-03-28

Close

काठमाडौं । नेकपा एमालेले निष्कासन गरेका माधव नेपालसहित १४ सांसदलाई पदमुक्त नगरी नयाँ दल दर्ता गर्ने निर्वाचन आयोग र सभामुखविरुद्ध परेको मुद्दा आज पेसीमा चढेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले आयोग र सभामुखलाई विपक्षी बनाएको सो मुद्दा सुनुवाइका लागि तेजवहादुर केसी र टंकबहादुर मोक्तानको इजलासमा परेको छ । तर, मुद्दाको सूचीमा उक्त पेसी मध्य भागतिर छ ।सर्वोच्च अदालतका न्यायाधीश दीपक कार्की र कुमार चुँडालको इजलासले दशैंअघि गरेको सुनुवाइमा अन्तरिम आदेश नदिइ सक्कल कागज माग्ने र विपक्षीबाट लिखित जवाफ मगाउने आदेश दिएको थियो
सर्वोच्चले पटक-पटक लिखित जवाफ पठाउन ताकेता गरेपनि माधव नेपालसहित नेकपा एसका १४ जना सांसदले म्याद बुझ्न नमानेपछि सर्वोच्च प्रशासनले अदालतको अवहेलनामा मुद्दा चलाउन प्रतिवेदन बनाउने चेतावनी दिएको थियो ।

माधव नेपाल स्वयं र नेपालका वकिल गोविन्द बन्दीलगायतलाई सर्वोच्च प्रशासनले म्याद नबुझेमा अदालतको अवहेलनामा मुद्दा चलाउने चेतावनी तामेलदारले दिएपछि १४ जनाले लिखित जवाफ पेस गरेका छन् ।
यसैबीच आज पेसी सूचीमा चढेपछि साप्ताहिक पेसी सूचीलगत्तै कतिपय न्यायाधीश बिदामा बस्ने मनस्थितिमा थिए । केही न्यायाधीश बिरामी बिदामा बसेका छन् ।
नेपालसहित मुकुन्द न्यौपाने, भवानी खापुङ, कृष्णलाल महर्जन, जीवनराम श्रेष्ठ, विरोध खतिवडा, पुष्पा कर्ण कायस्थ, लक्ष्मी चौधरी, मेटमणी चौधरी, कल्याणी खड्का, रामकुमारी झाँक्री, कलिला खातुन, निरा जैरु र सरला यादवललाई एमालेले निष्कासन गरे पनि सभामुखले निष्कासको सूचना टाँस गरेनन् ।
लिखित जवाफ पेस गरेपछि नेकपा एसका अध्यक्ष नेपालले सर्वोच्च अदालतका अधिकांस न्यायाधीशसँग संवाद गरेको न्यायाधीशहरूबीचमै चर्चा चलेको छ । कतिपय न्यायाधीशसँग नेपालले आफैं भेट गरेका थिए ।नेकपा एमालेले आफ्नो पार्टीका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिएको लगायत अनुशासनको विषय उठाएर साउन २७ गतेको मितिमा नेपालसहित १४ सांसदलाई निष्कासन गरेर सो पत्र निर्वाचन आयोग र संसद सचिवालयमा पठाएको थियो ।आयोगले नेकपा एसलाई नयाँ दलको मान्यता दिएपछिमात्र सभामुखले अब केही कारवाही गर्नु नपर्ने भन्ने सूचना टाँस गरेका थिए । त्यसका विरुद्ध एमालेले सदन अवरोध जारी राखेको छ भने अदालतमा मुद्दा चलिरहेको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds