2024-04-19

Close

धनगढी, २४
नेकपा एमाले कैलालीको आठौ अधिबेशन धनगढीमा सुरु भएको छ । अधिबेशनले नया नेतृत्व चयन गर्न चुनावी प्रक्रिया सुरु गरेको छ । तर अधिबेशनमा माओवादी खेमा बाट आएकालाइ एमालेहरुले पाखा लगाउने रणनीतिमा पुगेको खुलेको छ । पार्टीको केन्द्रमा माओबादी बाट आएकाले सम्मानजनक उपस्तिथि भए पनि कैलाली भने त्यसो हुन नसक्ने अव्स्थामा पुगेको हो । कैलालीमा भिम रावल र झपट रावलको खरो बिरोधि र केपि शर्मा ओलिको भक्तिवाचन गाउने डेजि पाण्डे एकाएक ब्याक भए पछि मावोबादी खेमाका नेताहरू लाई छट्पटी भएको छ। भिम रावल बिरोधि पाण्डे एकाएक माओबादी लाई साइड लाउनको लागि मात्रै रावल खेमाको शरणमा पुगेको चर्चा धनगढीमा छ । झपट रावल सहितको सहयोगमा अध्यक्षको उम्मेदवार रहेका रणबहादुर चन्दको प्यानलमा एकाएक सचीवको उम्मेदवारी दिनुले एमाले जिल्ला अधिबेशनले ओलि समुहलाइ साइजमा ल्याउने रणनीति अपनाएको बुझिएको छ । कैलालीमा एमालेको ओलि समुह बाट अध्यक्ष पदमा रतन थापा र सचीवमा माओबादी बाट आएका दान बहादुर बिक ले उम्मेदवारी दर्ता गराइ सकेका छन् । निर्वाचन कमिटीले मनोनयन दर्ता गर्न आह्वान नगरुन्जेल सम्म अध्यक्ष बाट कुनै पनि हालतमा ब्याक नहुने भन्दै लेखराज भट्ट लाई भेटन पुगेका पाण्डे झपट रावलको स्पेसल कार्यकर्ता बनेर ब्याक भएको बताएको छ । पार्टी लाई रावल कम्पनी बनाएको भन्दौ भिम रावल र झपट रावलको खेदो खनेर कैलाली पार्टी पंक्तिमा राम्रो छवि बनाएका पाण्डे यसपाली भने तिनै रावलहरुको चम्चा बनेको पाण्डे निकट एक नेताले बताए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds