2024-03-29

Close

चन्दन पटेल

पुस,२९ बारा / बारा जिल्लाको निजगढ नगरपालिका स्थित निर्माण हुन लागेको एयरपोर्टको प्रोजेक्ट निरिक्षणको लागि आउनु भएको बागमती प्रदेशका मुख्य मन्त्री माननीय राजेन्द्र प्रसाद पाण्डेज्यु सहितको टोलिलाई निजगढ नगरपालिकाका नगर प्रमुख सुरेस खनाल तथा प्रमुख प्रशासकिय अधिकृत सुमन कार्की लगायत नगरपालिकाका सम्पुर्ण कर्मचारीहरु स्वागत गरेका थिए।

सो प्रोजेक्ट निरिक्षण कार्यक्रममा यस बारा जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्णा बहादुर कटुवाल , प्रमुख प्रहरी उपरिक्षक दिलिप सिंह देउवा , सस्त्र बल प्रमुख उपरिक्षक लगायत बिभिन्न निकायका प्रमुखहरुको उपस्थिती रहेको थियो।

निजगढमा निर्माण हुन लागेको एयरपोर्ट्को संरचना तथा एयरपोर्टको सुरक्षाका लागि के कसो योजना तथा नितिहरु बनाइएको छ भने बिषयमा बिशेष जनकारीको लागि मुख्य मन्त्री सहितको टोलि आएको कार्यक्रममा उपस्थित प्रमुख प्रशासकिय अधिकृत सुमन कार्कीले बताउनु भएको छ।

उक्त प्रोजेक्ट निरिक्षक कार्यक्रमको अन्तिममा मुख्य मन्त्री राजेन्द्र प्रसाद पाण्डेसहितको टोलिलाई नगरप्रमुख सुरेस खनाल तथा प्रमुख प्रशासकिय अधिकृत सुमन कार्किले मायाक चिनो हस्तान्तरण गरेका थियो। सोही कार्यक्रममा उपस्थित बारा जिल्लाको प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाल,बारा प्रहरी उपरिक्षक दिलिप सिंह देउवा तथा सशस्त्र बल उपरिक्षक लगायत विभिन्न निकायका प्रमुखहरुलाई पनि मायाको चिनोले सम्मन गरिएको थियो।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds