2024-03-29

Close

 

मनोज यादव—
सर्लाही,माघ ३
यतिबेला तराईमा शितलहर बढेको छ।शितलहरको मारमा सबै भन्दाबढी अतिविपन्न दलित,बालबालिका, वृद्धवृद्धा तथा बिरामीहरु परेका छन् ।तर यहाँका स्थानीय जनप्रतिनिधिहरु उनीहरूको समस्यालाई नजरअन्दाज गर्दै गैरजिम्मेवार बनेका छन् ।यस्तो अवस्थामा अतिविपन्न, दलित, वृद्धवृद्धा लगायतकाहरुको समस्यालाई बुझेर उनीहरूको समस्या र पिडामा केही थोरै भएपनि मल्हम लगाउन सर्लाहीको एक पत्रकार अगाडि बढेको छ।
मलंगवा नगरपालिका वडा न-३ घरभइ विगत दुई दशकभन्दा बढी समयदेखि पत्रकारीता गर्दै आएका एभिन्युज टेलिभिजनका सम्वाददाता एव रिपोर्टस क्लब नेपाल प्रदेश न-२ का अध्यक्ष बख्तियार अलीले मलंगवा नगरपालिका क्षेत्रमा बसोबास गर्ने विपन्न तथा गरिब समूदायका ३० जना एकल(विधवा) महिलाहरुलाई न्यानो कम्बल र चवन्नप्राश वितरण गर्नु भएको छ ।
जाडोमा केही हदसम्म भएपनि राहत महशुस गराउन र शरिर पनि स्वास्थ राख्ने हेतुले एकल महिलाहरुलाई न्यानो कम्बलको साथमा चवन्नप्राश र माक्स वितरण गरेको पत्रकार अलीले बताउनु भएको छ । उहाँले विस्तारै नगरपालिका भरीका विपन्न तथा दलित समुदायका एकल महिलाहरुलाई यसैगरी कम्बल, चवन्नप्राश तथा माक्स वितरण गर्दैजाने आफ्नो योजना रहेको जानकारी गराउनुभयो।
आफ्नो जनताको समस्या र सोको समाधान गर्ने दायित्व उनीहरुले(जनता)नै भोंट दिइ जिताएर पदमा पठाएको जनप्रतिनिधिहरुको हो तर उनीहरू आफ्नो पदीय जिम्मेवारीलाई भुलेपछि एउटा असल नागरिकको परिचय दिएर जाडोको समयमा विपन्न , गरिब समुदायका एकल महिलालाई राहत वितरण गर्नु उदाहरणीय कार्य भएको स्थानीय समाजसेवी कुशेश्वर यादवले बताएका छन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds