2024-04-26

Close

जनकपुरधाम । नेकपा एमाले नगर कमिटीद्धारा आयोजित कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी हजारौं नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेको छ ।

धनुषा जिल्लाकाे क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ महेन्द्रनगर स्थित नगर अधिवेशन संयोजक महेन्द्र यादवको अध्यक्षता र नेकपा एमाले केन्द्रिय सचिव एवं पूर्व उप–प्रधान तथा परराष्ट्र मन्त्री रघुविर महासेठको प्रमुख आतिथीयमा आयोजित वृहत पार्टी प्रवेश कार्यक्रममा क्षिरेश्वरनाथ नगरपालिका जसपा पार्टीका मेयर प्रत्यासी उमेदवार सुखदेव यादव र वडा नम्बर ६ वार्ड प्रत्यासी विनोद गुप्ता लगायत हजारौं नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन ।

नेकपा एमाले नगर कमिटीको विशेष पहलमा नेपाली काँग्रेस, राजपा र जसपा बाट हजारौं नेता कार्यकर्ता पार्टी परित्याग गरी नेपाल कम्यूनिस्ट पार्टी एमालेमा प्रवेश गरेको छ । क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर पुरानो सुर्ती विकासको मौदानमा आयोजित वृहत पार्टी प्रवेश कार्यक्रममा नवप्रवेशीहरुलाई नेकपा एमाले केन्द्रिय सचिव एवं पूर्व उप–प्रधान तथा परराष्ट्र मन्त्री रघुविर महासेठले टिका लगाई स्वागत गरेका थिए । कार्यक्रममा प्रमुख अतिथी महासेठ नवप्रवेशीहरुलाई स्वागत गर्दै आउनेदिनमा नवप्रवेशी सँग अनियाई हुँदैन उहाँहरुको योगता र क्षमताको अधारमा पार्टीले जिमेवारी दिने प्रतिवद्धता जनाउनुभएको थियो ।

अहिले नेकपा एमालेमा प्रवेश गर्नेको लहर सुरु भइसकेको छ कारण अहिले देशलाई सहिबाटो तिर लग्न र जनताको हितमा कामगर्ने नेकपा एमाले बाहेकको विकल्प छैन । त्यस्तै कार्यक्रममा उपस्थित विशिष्ठ अतिथी जुली कुमारी महतो, मिथिला नगरपालिकाका नगर प्रमुख हरिनरायण महतो, वटेश्वर गाउँपालिकाका अध्यक्ष डम्वर वहादुर राउत लगायतका वक्ताहरुले नवप्रवेशीहरुलाई स्वागत गर्दै आज जुन रुपमा विभिन्न पार्टी प्रत्याग गरी नेकपा एमालेमा प्रवेश गर्नेको लहर चलेको छ यस्ले आउने दिनमा क्षिरेश्वरनाथ नगरपालिकामा नेकपा एमालेको जित सुनिचित रहेको बताउनु भयो ।

नवप्रवेशी क्षि.न.पा. मेयरका प्रत्यासी उमेदवार सुखदेव यादव क्षिरेश्वरनाथ नगरपालिकामा रहेको विक्रीतीहरुलाई हटाउनको लागी नेकपा एमाले बाहेकको विकल्प नरहेको ले हामी हजारौंको संख्यामा प्रवेश गरेका छौं र यस पार्टीमा मेहनत गरेर अगाडी बढछुँ र आँधी विहार जस्तो नगरको परिवर्तन हुने विश्वास लिएको बताउनु भयो । कार्यक्रममा मिथिला नगरपालिका, वटेश्वर गाउँपालिका र मिथिला विहारी नगरपालिकाका नगर प्रमुख उपप्रमुख लगायत हजारौं नेकपा एमालेका कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds