2024-03-29

Close

जनकपुरधाम । सिके राउत नेतृत्वको जनमत पार्टीले मधेश प्रदेशका जिल्लाहरुमा जन्जिर (हतकडी) जुलुस निकालेको छ । किसानका माग पुरा गर्न निरन्तर आन्दोलनमा रहेको सो पार्टीले आन्दोलनकारीहरुलाई पक्राउ गर्न थालेको भन्दै जनमत पार्टीले जन्जिर जुलुस प्रदर्शन गरेका हुन् ।

जनमतका कार्यकर्ताहरुले धनुषा, सिरहा, महोत्तरी, सर्लाही लगायतका जिल्लामा आज दिउँसो हातमा जन्जिर बाँधेर सरकारविरुद्ध नाराबाजी गरे ।

प्रदर्शनका क्रममा जनमतका कार्यकर्ताहरुले ‘पक्राउ परेका किसानलाई रिहा गर’, ‘दमनकारी सरकार मुर्दावाद’, ‘किसानको माग पुरा गर ’जस्ता नारा लगाएका थिए ।

जनमत पार्टीका नेता संजय यादवले पूर्व घोषित कार्यक्रम अनुसार आज जन्जिर जुलुस प्रदर्शन गरेको बताए ।

जनमत पार्टीले किसान आन्दोलन सुरु गरेको आज १ महिना ६ दिन पुरा भएको छ । तर सरकारसँग वार्ता सम्भव हुन सकेको छैन् । सरकारले माग पुरा नगरे माघ २० गतेबाट राजमार्गमै खाना पकाउने र बन्द गर्ने घोषणा समेत गरेको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds