2024-05-19

Close

जनकपुरधाम,२९ माघ । मिथिला मजदुर उत्थान बचत तथा ऋण सहकारी संस्था लि.जनकपुर वडा नं.९ को १० औं वार्षिक साधारण सभा जनकपुरधाम स्थित नयाँ भवनमा कार्यालयको उद्घाटन र १० औं साधारणसभा बचत तथा ऋण संस्था कार्यालयको सभा हाल थापाचोकमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष फुलगेन प्रसाद साहको अध्यक्षता र राष्ट्रिय सहकारी बैंक संचालक ध्रुव नारायण यादवको प्रमुख अतिथिमा उद्घाटन गरिएको सभामा सहभागिहरुले सहकारी मार्फत नै सर्वसाधारणको जिविको परिवर्तन हुनेमा जोड दिए ।

मिथिला मजदुर उत्थान बचत तथा ऋण संस्थाको सधारण सभाबाट अझ सशक्त बनाउन सहभागिहरुले जोड दिएका छन् । आफ्ना शेयर सदस्यहरुको विकास र प्रर्वधनका लागि सदस्यहरुमा सेवा प्रदान गर्दै मजदुर उत्थान बचत तथा ऋण सहकारी संस्थालाई थप व्यवसायिक रुपमा प्रतिस्पर्धात्मक बनाउन सहभागिहरुले जोड दिए ।

धनुषाको प्रत्येक पालिकाहरुलाई सहकारीको एकिकृत व्यवसायिक विकास तथा रणनैतिक योजना, ऐन, नियमावली, कार्यविधि, निति निर्माण तर्जुमा तथा अनुगमन, सुपरिवेक्षण, सहकारी बीच एकिकरण कार्य सम्पादन कार्यक्रम सम्बन्धि समन्वय सहकार्यको लागि आवश्यक पहल गर्ने प्रमुख अतिथि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश २ का सल्लाहकार एवं राष्ट्रिय सहकारी बैंक संचालक ध्रुव नारायण यादवले बताए ।

सहकारी शिक्षा, तालिम, सूचना र क्षमता विकास,शेयर सदस्यहरुलाई नियमित अनुगमनका कार्यक्रमलाई प्रत्येक सदस्यहरुमा पुर्याउन अनिवार्य रहेकाले मिथिला मजदुर उत्थान संस्थाले सरोकारवाला निकायहरुसंग सहकार्यमा कार्यक्रम संचालन गर्ने अध्यक्ष साहले प्रतिबद्धता गरेको छ ।

सरकारले अवलम्बन गरेको तिनखम्बे अर्थनिती अनुरुप सवल अर्थतन्त्र निर्माणका लागि सरकार गाउँ गाउँमा सहकारी घर घरमा भकारी भन्ने नारालाई प्राथमिकतामा राखी सरकारको तीन खम्बे अर्थनिति मध्येमा सहकारीलाई एउटा महत्त्वपुर्ण खम्बाको रूपमा बिकास गर्दै लैजाने कामको थालनी आवश्यक रहेको जिल्ला सहकारी संघ लि.धनुषाको कार्यवाहक अध्यक्ष विनोद रोहिताले बताउदै जिल्ला संघ धनुषाले प्रत्यक्ष सहयोगमा रहने बताए ।

कार्यक्रममा बिशिस्ट अतिथि जिल्ला सहकारी संघ लि.धनुषाको कार्यवाहक अध्यक्ष विनोद रोहिता,अतिथि माओवादी केन्द्रका जिल्ला सदस्य दिप कुमार महतो, ट्रेड युनियनका उपाध्यक्ष विशनु पौडेल मिथिला मजदुर उत्थान बचत तथा ऋण सहकारी संस्थाका सम्पुर्ण शेयर सदस्य , व्यवस्थापक लगायत संचारकर्मी तथा सहकारीकर्मीहरुको सहभागिता रहेको थियो ।

सभाको उद्घाटन सत्रको कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष परिक्षण यादव र कार्यक्रम संचालन गणेश प्रसाद साहले गरेका थिए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds

This will close in 0 seconds