2024-07-20

Close

कपिलवस्तु – नेकपा माओवादी केन्द्रका नेता एवम् कृष्णनगर उद्योग बाणिज्य संघ पुर्व अध्यक्ष श्री गुरु शरण सिंह (बन्टि सरदार) आज बाणगंगामा भएको नेकपा एमाले कपिलवस्तुको दोस्रो पुर्ण बैठकमा एमालेमा प्रवेश गर्नुभएको जानकारी गराइएको छ । एमाले कृष्णनगर नगर कमिटी सचिवालय सदस्य चर्चित युवा नेता मिर्जा राशिद वेगको पहलमा सरदार लगायत हिम्मत सिंह, आत्मजीत सिंह, राम चन्द्र जयसवाल एमालेमा प्रवेश गरेको नेता बन्टिले जानकारी दिनु भयो ।
आज नै एमालेमा उहाँसगैं नेकपा एकिकृत समाजबादी पार्टी जिल्ला सचिव सर्बेन्द्र खनाल सहित ७ जना नेकपा एमालेमा प्रवेश गर्नु भएको नेकपा एमालेले कपिलवस्तुले जनाएको छ ।

नेकपा एस जिल्ला सदस्य विनोद भट्टराई, अजय पान्डे, दिल्ली राज पान्डे, भिम प्रसाद भट्टराई, सन्तोष पान्डे, अमृत घिमिरे एमालेमा प्रवेश गर्नु भएको नेकपा एमाले जिल्ला अध्यक्ष डम्मर शर्माले जानकारी दिनु भयो । नेकपा एमालेमा आज प्रवेश गर्नु भएका बन्टी सरदारले आउने स्थानीय चुनावमा नगर कमिटी तथा पार्टीको निर्देशन अनुसार अगाडि बढ्ने बताउनुभयोl आउने समयमा कृष्णनगर क्षेत्रका अन्य चर्चित नेता हरू समेत नेकपा एमालेमा प्रवेश गर्नै सचिवालय सदस्य मिर्जा राशिद वेगले बताउनुभयो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 0 seconds