2024-03-28

Close

जनकपुरधाम, चैत १ : नेपाल इन्जिनियर्स एसोसिएसनको जनकपुरधाममा जारी मतगणनामा मतदान अधिकृतले छलछाम, डरधम्की र आचारसंहिताको धज्जी उडाउने लगायतका विवादास्पद कार्य गरेको आरोप लगाइएको छ । मतदान अधिकृत रामरतन यादवले नेपाली काङ्ग्रेस निकट सिडेनका प्रदेश सभापतिका उम्मेदवार श्याम यादवसङ्गको संलग्नतामा ब्यालेट कब्जा गरेको आरोप लागेको हो ।

३३ औँ कार्यकारिणी तथा दोस्रो प्रादेशिक कार्यसमितिको नयाँ नेतृत्वका लागि शुक्रबार सम्पन्न निर्वाचनको मतगणना जनकपुरधामस्थित अधिकृत संगमको सभाहलमा शनिबार रातिदेखि जारी रहेको छ । कूल खसेको १ हजार ८ मतमध्ये ८०० भन्दा बढी मतगणना सम्पन्न भएपछि मतदान अधिकृत यादवले बाहिरबाट ब्यालेटहरू थपेर सिडेनका उम्मेदवारलाई जिताउन सोमबार मध्यरातमा जालझेल सुरू गरेको गैरराजनीतिक समूहबाट सभापतिका उम्मेदवार गौरी पण्डितले आरोप लगाए ।

उनले मतदान अधिकृतको हस्ताक्षर नै नभएका ब्यालेटहरू भेटिरहेकोले ति ब्यालेटहरू बाहिरबाट थपिएको दाबी गरे । सत्तापक्षको उम्मेदवार श्याम यादवलाई जिताउन हरेक हतकण्डा अपनाईएको उनको आरोप छ । सबै भोट कब्जा गर्ने रणनीति अनुसार प्रोक्सी मत लिएर आफ्ना पकेटका मतहरू थपिएको उनको दाबी छ ।

आफूहरू सुरूदेखिनै एकसय भन्दा बढी मतले लिड गरिरहेको अवस्थामा अब आत्तिएर उनिहरू थप एउटा पनि मत आफूहरूको समूहमा जान नदिन विभिन्न प्रोपोगन्डाहरू रचिएको आरोपसमेत लगाएका छन् । मतदान अधिकृतलगायतकाहरूले कब्जा गर्ने रणनीति लिएको उनको दाबी छ । आचारसंहिता मिच्दै अधिकृत यादव र काङ्ग्रेस निकट सिडेनका उम्मेदवार श्याम अभियानतहत हिँडिरहेको उनको जिकिर छ । बुद्धिजिवीहरूको संस्थामा यसप्रकारका आचारसंहिता विपरीत कार्य गरी इन्जिनियर्स एसोसिएसनको गरिमा र मर्यादा उल्लंघन गरिरहेको पण्डितको आरोप छ ।

निर्वाचन अधिकृतले आफ्नो पदीय मर्यादा विपरीत एक पक्षका उम्मेदवारहरुलाई सार्वजनिक रुपमा नै “मेरो टिम” भनी मतगणनालाई नै प्रभावित पार्ने प्रयास गरिरहेको उनको आरोप छ । उनले यस्ता वदनियतपूर्ण प्रयासले संस्थाको गरिमामा आँच पुग्ने र संस्था कमजोर हुने भएकोले यस्ता दुस्प्रयासहरूलाई रोक्न आग्रहसमेत गरेका छन् ।
 न्युज टुडे आवाजबाट

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds