2024-03-28

Close

जनकपुरधाम । नेपाल इन्जिनियर्स एशोसिएशनको मधेश प्रदेश अध्यक्षमा गौरी पण्डित ४ सय ३ मत ल्याएर निर्वाचित भएका छन् ।

पण्डितले गैर राजनीतिक इन्जिनियर संगठन नेशनल इन्जिनियर्स एशोसिएसन नेपालको तर्फबाट उम्मेदवारी दिएका थिए ।

जनता समाजवादी पार्टी (जसपा), नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको संयुक्त गठबन्धनबाट उम्मेदवार बनेका उम्मेदवार श्यामकिशोर यादवले ३ सय ५१ मत ल्याए भने कांग्रेसनिकट राजेश यादवले १ सय ७१ मत पाए ।

अध्यक्ष पदका अर्का उम्मेदवार दीपेन्द्रकुमार साहले २३७ र इन्द्रभूषण झाले ८१ मत प्राप्त गरे । उपाध्यक्षमा गठबन्धनका उम्मेदवार कार्तिकेश झा ३२४ मत ल्याएर र सचिवमा गठबन्धनकै रामनारायण यादवले ३७५ मत ल्याएर निर्वाचित भए ।

  1. सहसचिवमा कांग्रेस निकट रामईश्वर यादव ४२६ मत ल्याएर निर्वाचित भएभने कोषाध्यक्षमा गैर राजनीतिक संगठनका तेजनारायण यादव ४ सय ३० मत ल्याएर विजयी भएका छन् ।

सदस्यमा नेहा कर्ण ४९०, सितेश कुमार यादव ४२८, अंचली ठाकुर ३ सय ९६, प्रबीणकुमार यादव ३८३, रबीकुमार साह ३ सय ६७, प्रियांसु कुमार गुप्ता ३६०, सुमी मिश्रा ३ सय ५२, रीताकुमारी यादव ३५२, दीपक कुमार मण्डल ३४०, बिनिता कुमारी यादव ३४० मत ल्याएर निर्वाचित भएका छन् । यसमध्ये ७ जना आफ्नो संगठनबाट निर्वाचित भएको गैर राजनीतिक संगठनले जनाएको छ ।

प्रदेशबाट केन्द्रीय सदस्यमा गठबन्धनका सञ्जय कुमार यादव ४२१ मत ल्याएर निर्वाचित भएका छन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds