2024-04-23

Close

काठमाडौं,४ चैत । अन्तर व्यवस्थापिका संघ (आईपीयू) को १४४ औं सम्मेलनमा भाग लिन राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना नेतृत्वको नौ सदस्यीय संसदीय प्रतिनिधिमण्डल इन्डोनेशिया प्रस्थान गरेको छ।

अन्तर व्यवस्थापिका संघ तथा इन्डोनेशिया संसदको आयोजनामा चैत्र ६ गते देखि १० गते सम्म बालीमा हुने सम्मेलनमा भाग लिन प्रस्थान गरेको अध्यक्ष तिमिल्सिना नेतृत्वको प्रतिनिधिमण्डल शुक्रबार बेलुका त्यसतर्फ प्रस्थान गरेका छन् ।

उक्त सम्मेलनमा अध्यक्ष तिमिल्सिनाले `शून्य उत्सर्जन प्राप्त गर्न : जलवायु परिवर्तन सम्बन्धी कार्यमा संसदको परिचालन ‘ (Getting to Zero: Mobilizing Parliaments to act on Climate Change) विषयमा नेपालको तर्फबाट बोल्ने कार्यक्रम रहेको छ।

त्यसैगरी सम्मेलनको विशेष सत्रमा नेपालमा कोभिड १९ विरुद्धको लडाइँमा नेपालको संसदले गरेका गतिविधिहरुका सम्बन्धमा समेत अध्यक्ष तिमिल्सिनाले संक्षिप्त जानकारी प्रस्तुत गर्ने कार्यतालिका रहेको छ।

सोही अवसरमा गभर्निङ काउन्सिलको २०९ औँ सत्रमा अध्यक्ष तिमिल्सिनाको नेतृत्वमा अनिता देवकोटा र भैरव सुन्दर श्रेष्ठले सहभागिता जनाउने छन् । उक्त अवसरमा Standing Committee on Peace and International Security, Standing Committee on Democracy and Human Rights, Standing Committee on Sustainable Development र Standing committee on United Nations Affairs शीर्षकहरूमा हुने विभिन्न छलफल कार्यक्रममा प्रतिनिधिमण्डलले सहभागिता जनाउने छ भने महिला संसद सदस्यहरुको बैठक र छलफलमा देवकोटा र युवा संसद सदस्यहरुको बैठकमा उमाशंकर अरगरियाले सहभागिता जनाउने छन् ।

त्यसैगरी सुरेन्द्र कुमार कार्कीले “Engaging for a Universal Ban on Nuclear Tests” विषयमा हुने छलफलमा नेपालको धारणा प्रस्तुत गर्ने छन् । उक्त सम्मेलनसँगै संचालन हुने Association of Secretaries General of Parliaments (ASGP) सम्मेलनमा संघीय संसदका महासचिव डा. भरतराज गौतम सहभागी हुनेछन् ।

अध्यक्ष नेतृत्वको प्रतिनिधि मण्डलमा राष्ट्रिय सभा सदस्य भैरव सुन्दर श्रेष्ठ,अनिता देवकोटा तथा प्रतिनिधि सभा सदस्य सुरेन्द्र कुमार कार्की र उमाशंकर अरगरिया सहभागी हुनेछन् । त्यसैगरी संघीय संसदका महासचिव डा. भरतराज गौतम, राष्ट्रिय सभा सचिव राजेन्द्र फुयाल, अध्यक्ष तिमिल्सिनाका प्रमुख स्वकीय सचिव गोविन्द अकेला र उपसचिव रेखा उपाध्याय भ्रमण टोलीमामा सहभागी हुनेछ । सम्मेलनमा सहभागी भएर प्रतिनिधिमण्डल चैत्र ११ गते शुक्रवार नेपाल फर्कने कार्यतालिका रहेको छ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds