2024-03-29

Close

जनकपुरधाम । जनकपुरबाट बेपत्ता भएको भनिएकी बालिकाको अपहरण भएको खुलेको छ । अपहरणमा परेकी ४ बर्षीया बालिकाको धनुषा प्रहरीले सकुशल उद्धार गरेको छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नं. १६ स्थित पुलचोकबाट बिहीबार साँझ ४ वर्षीया सृष्टि मण्डल हराएकी थिइन् । उनको अपहरण गरेको पाइएको र शुक्रबार उद्धार गरिएको धनुषा प्रहरीका प्रमुख वसन्त रजौरेले जानकारी दिए ।

उनका अनुसार बालिकालाई धनुषाको विदेह नगरपालिका वडा नं. ८ बाट उद्धार गरिएको छ । अपहरण गर्ने व्यक्तिमध्येका एकजनाले आफ्नो दिदीको घरमा बालिकालाई राखेको पाइएको बस्नेतले बताए ।

बालिकाको खोजी गर्न धनुषा प्रहरी प्रमुख एसपी बसन्त रजौरेकै नेतृत्वमा टोली खटिएको थियो । ‘हामी बालिकाको उद्धार गरिसकेका छौं, बालिका पूर्ण रुपमा स्वस्थ्य छन्’ उनले भने, ‘प्रकृया पुर्‍याएर परिवारजनको जिम्मा लगाएकाछौं ।’

अपहरणकारीलाई नियन्त्रणमा लिने क्रममा ५ राउण्ड हवाई फायर गर्नुपरेको प्रहरीले जनाएको छ । अपहरणकारी भाग्दै गरेको अवस्थामा उनलाई नियन्त्रणमा लिन हवाई फायर गर्नुपरेको धनुषा प्रहरी प्रमुख एसपी बसन्त रजौरेले बताए ।

बालिकाको अपहरण गरेर अपहरणकारीले रु १५ लाख फिरौती मागेको पाइएको बस्नेतले बताए । अपहरणमा संलग्न भएको आशंका प्रहरीले पाँचजनालाई नियन्त्रणमा लिएको छ । यस विषयमा अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds