2024-04-27

Close

बिपिन यादव/जनकपुरधाम, असार १४ गते । धनुषाको इनर्वास्थित रहेको बिओपी इनर्वाका ईन्चार्ज एवम् ईन्सपेक्टर शम्भु कटुवाललाई मधेश प्रदेशका डिआईजीले खुलेर प्रशँसा गरेका छन् ।

इनर्वा बिओपीमा कार्यभार सम्हालेदेखि नै कार्य सम्पादनमा सक्रिय मानिएका ईन्सपेक्टर कटुवाललाई सशस्त्र प्रहरीका डिआईजी गणेश ठाडा मगरले उनको कार्य दक्षताको प्रशँसा गरेका हुन् ।

मंगलवार बिओपी इनर्वाको नयाँ भवनको उदघाटन गर्दै डिआईजी मगरले ईन्सपेक्टर कटुवालको लगनशिलताको प्रशँसा गर्दै सुरक्षा निकायमा यस्तो नेतृत्वको आवश्यकता रहेको बताए ।

बिओपी इनर्वामा ईन्स्पेक्टर कटुवालको आगमनपछि सरकारको लक्ष्य परिपूर्तिको लागि टेवा पुरयाउन सहयोग गरेको भन्दै प्रशँसा गरे । ईन्स्पेक्टर कटुवालको विशेष पहलमा बिओपी इनर्वाको नयाँ भवन बनेको हो ।

ईन्सपेक्टर कटुवालले नयाँ भवनको लागि विगत १५ महिनादेखि आफैँ खटेका थिए । सशस्त्र प्रहरीका जवानहरुलाई समेत सो भवन निर्माणको लागि खटाएर १५ महिनाको अन्तरालमा नयाँ भवन निर्माण गरी गृह प्रवेश समेत गरेका हुन् ।

बर्षौदेखि इनर्वा बोर्डरमा एक मात्र रेल्वे भवन हुँदा सुरक्षाको दृष्टि र भन्सार व्यवस्थापनको लागि समस्या हुँदै आएकोमा नयाँ भवन सुविधा सम्पन्न निर्माण गरिएको ईन्सपेक्टर कटुवालले बताए ।

उनका अनुसार, भवनमा चिस्यान, अन्न भण्डार, शौँचालय, किचेन, जवान बस्ने क्वार्टर समेत राखिएको छ । भारतबाट ल्याउने समान र भन्सार व्यवस्थापनको लागि नयाँ भवनले सहजता हुने ईन्सपेक्टर कटुवालले बताए । उनले भवन निर्माणको लागि सहयोग गर्ने सशस्त्र प्रहरीका जवान, अधिकारी, जनप्रतिनिधि, राजनीतिक दल समाजसेवी, सर्वसाधारणहरु प्रति आभार प्रकट गरे । सोही कार्यक्रममा सशस्त्र प्रहरी बल धनुषाका एसपी प्रकाश सुबेदीले समेत ईन्सपेक्टर कटुवालको प्रशँसा गरे । इनर्वा बिओपिमा बर्षौदेखि रहेको रेल्वे भवनमै गुजारा गरि नयाँ भवन बनाउन ईन्सपेक्टर कटुवाल सफल भएको भन्दै उनको प्रशँसा गरे । यसका साथै इनर्वा बोर्डरमा भारतबाट भन्सार छ्ली गरि ल्याउले समान बरामदको लागि निरन्तर कार्य सम्पादन दुरुस्त पारेको प्रतिवेदन उल्लेख गर्दै उनले निरन्तरता दिन आग्रह समेत गरे ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds