2024-03-29

Close

जनकपुरधाम – मधेस प्रदेशको प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) धनुषा जिल्ला कार्यसमितिको सह-सचीव पदमा युवा नेता सुनिलकुमार श्रेष्ठ ‘सानु’ मनोनीत भएका छन् ।

लोसपा धनुषा अध्यक्ष परमेश्वर साहले युवा नेता सानुलाई आइतबार सह-सचीव पदमा मनोनयन गरेका हुन् । स्थानीय तहको निर्वाचनमा जनकपुरधाम उपमहानगरपालिका १२ बाट वडाअध्यक्षका उम्मेदवार रहेका उनी झिनो मतान्तरले पराजित बनेका थिए ।

लोसपाका वरिष्ठ नेता शरदसिंह भण्डारी निकट मानिने युवा नेता सानु श्रेष्ठ थरकै कारण मधेसको जातीय राजनीतिमा असफल बन्दा स्थानीय चुनावमा पराजित बन्न पुगेपनी लोसपा धनुषामा भने प्रभावशाली मानिन्छन् ।

लोसपाको धनुषा जिल्ला युवा अध्यक्षको पद समेत सम्हालिसकेका उनी पार्टीको मूल संगठनलाई उर्जाशिल बनाउँदै पार्टी संगठन विस्तारको काममा अझै सक्रिय रहने गरी पार्टीले जिम्मेवारी दिएकोमा त्यसप्रति खरो रूपमा उत्रिने बताउँछन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds