2024-05-05

Close

काठमाडौं । गृहमन्त्रालयले नवनियुक्त तीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरुको पदस्थापन लगत्तै काज सरुवा गरेको छ । आइतबारको गृहमन्त्रीस्तरीय निर्णय अनुसार दरबन्दीमा पदस्थापन भएका नवनियुक्त तीन डीआईजीहरुलाई काज सरुवा गरेर अन्य युनिटको जिम्मेवारी दिइएको छ ।

यसअगाडी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) ले नेतृत्व गर्दै आएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ, नेपाल प्रहरी शिक्षालय भरतपुर चितवन र त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल सुरक्षा कार्यालयमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) खटाइएको छ ।

आइतबारको पदस्थापनमा प्रदेश प्रहरी समन्वय बिभागमा पदस्थापन भएका डीआईजी सन्दीप भण्डारीलाई नेपाल प्रहरी शिक्षालय भरतपुर चितवनमा काजमा खटाइएको छ । त्यस्तै प्रहरी प्रधान कार्यालयको महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयमा पदस्थापन भएकी डीआईजी मिरा चौधरीलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको प्रमुखको जिम्मेवारी दिइएको छ भने केन्द्रिय साइबर ब्यूरोमा पदस्थापन गरिएका डीआईजी श्यामलाल ज्ञवालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल सुरक्षा कार्यालयको प्रमुखको जिम्मेवारीमा काज सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

डीआईजीको दरबन्दी रहेको केन्द्रिय साइबर ब्यूरोको नेतृत्व हाललाई प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नविन्द अर्यालले सम्हाल्नेछन् । आइतबारको गृहमन्त्रीस्तरीय निर्णयले एसएसपी प्रमुख रहने तीन कार्यालयमा काजमा डीआईजी खटाइएसंगै सरकारले नेपाल प्रहरीमा तीन डीआईजी पदको लागि दरबन्दी थपको योजना अगाडी बढाएको अनुमान गरिएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds