जनकपुरधाम । सशस्त्र प्रहरी बल धनुषा जनकपुरधाममा रहेको जानकी मन्दिर परिसरमा सरसफाई गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. ८ गण हेर्ड क्वार्टर धनुषाले आफनो १८ औँ वार्षिकोत्सव अवसर पारेर जानकी मन्दिर परिसरमा सरसफाई गरेको हो ।
सशस्त्र प्रहरीले १८ औँ वार्षिकोत्सवमा जानकी मन्दिरमा दर्शन गर्न जाने भक्तजनको भीड बढेसंगै मन्दिर आसपास सरसफाई गरिएको सशस्त्र प्रहरी बल, नेपाल नं. ८ गण हेडक्वाटर धनुषाका गणपति एसपी निर्मल खड्काले जानकारी दिए ।
सशस्त्र प्रहरीको १८ औँ वार्षिकोत्सव पारेर सशस्त्र प्रहरीले अतिरिक्त कृयाकलाप अन्तर्गत मन्दिर सरसफाई गरिएको नं. ८ गण हेडक्वाटर धनुषाका गणपति एसपी निर्मल खड्काले जानकारी दिए ।
सरसफाई कार्यक्रममा धनुषाको सिडियो रामु राज कडरिया, सशस्त्र प्रहरी १०० जना र सरसफाई कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।