धनुषाको जटही नाकाबाट भारत लग्दै गरेकी एक किशोरीलाई गरे सशस्त्र प्रहरीद्वारा उद्वार

बिपिन यादव, जनकपुरधाम : धनुषाको जटही नाकाबाट भारततर्फ गइरहेका एक जोडी (किशोर-किशोरी)लाई सशस्त्र प्रहरी बल बिओपि नगराइनको टोलीले उद्वार गरेको छ ।

सशस्त्रका प्रहरी नायब निरीक्षक संजय बराल नेतृत्वको टोली इटहरी ७, सुनसरीकी १७ वर्षीया पोखरेल थरकी किशोरी र धनुषाकै नगराईन नगरपालिका ४ का २३ वर्षीय बिमल राउतलाई उद्वार गरेको हो ।

बिज्ञापन

फकाई दिदिको घर गइरहेको भनेर नेपाल बात भारत तर्फ लगिरएको किशोरी ले प्रहरीलाई बयान दिएको बुझिएको छ ।

सशस्त्र प्रहरीले शंका लागेर दुबैजना (किशोर-किशोरी)लाई नियन्त्रणमा लिएर अनुसन्धानका लागि सिमा प्रहरी चौकी जटहिको जिम्मा लगाएको छ ।